एनएमबि बैंक, प्रिमियर इन्स्योरेन्स र गुहेश्वरी मर्चेन्टको मुल्य समायोजन, सेयरधनी दर्ता पुस्तिका पनि आजै बन्द

  २०७३ पुष ७ गते १२:३८     विकासन्युज

काठमाडौं, ७ पुस । एनएमबि बैंक, प्रिमियम इन्स्योरेन्स र गुह्हेश्वरी मर्चेन्ट फाइनान्सको सेयरमुल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्जमा विहिबार एनएमबि बैंक , प्रिमियर इन्स्योरेन्स र गुहेश्वरी मर्चेन्टक फाइनान्सको सेयरमूल्य समायोजन भएको छ ।
nmb_bank
१९ प्रतिशत मात्र बोनस सेयर समायोजन पश्चात एनएमबि बैंकको प्रतिकित्ता सेयरमूल्य ५२१ रुपैयाँ कायम गरिएको छ । एनएमबिको आधारमूल्य ४६६ रुपैयाँ रहेको छ । त्यस्तै प्रिमियर इन्स्योरेनसले २० प्रतिशत बोनस समायोजनपछि सेयरमूल्य प्रतिकित्ता १३९४ रुपैयाँ कायम भएको छ । प्रिमियरको आधारमूल्य १११० रुपैयाँ रहेको छ ।

गुहेश्वरी मर्चेन्टको १२ प्रतिशत बोनस समायोजनपछि सेयरमूल्य प्रतिकित्ता २४८ रुपैयाँ कायम गरिएको छ । जसको आधारमूल्य २५९ रुपैयाँ रहेको छ । यी कम्पनीहरुको साधारणसभा प्रयोजनका लागि सेयरधनी दर्ता पुस्तिका पनि आजैबाट बन्द भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.