पुँजीबजार सम्बन्धी जनचेतना अभिबृद्धि गर्दै धितोपत्र बोर्ड, कालिकोटमा पुँजीबजार सम्बन्धी अन्तक्रिया सम्पन्न

  २०७३ पुष ४ गते ११:५५     विकासन्युज

काठमाडौं, ४ पुस । पुँजीबजार सम्बन्धी जनचेतना अभिबृद्धि गर्ने उदेश्यले कर्णाली अन्चलको कालिकोट जिल्लामा पुँजीबजार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल धितोपत्र बोर्ड र कालिकोट उद्योग वाणिज्य संघको संयुक्त आयोजनमा हालै देशको सवैभन्दा विकट ठाउँ मानिएको कालीकोटमा पुँजीबजार सम्बन्धी जनचेतना अभिबृद्धि कार्यक्रम गरिएको हो । sebon

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले यो कार्यक्रमले कर्णाली अञ्चलमा पनि पूँजी बजार सम्बन्धी जनचेतना बढ्ने बताए । त्यस्तै बोर्डका अध्यक्ष डा.रेवत बहादुर कार्कीले कार्यक्रमलाई सम्वोधन गर्देै काठमाडौं केन्द्रित रहेको पूँजीबजारलाई देशव्यापी वनाउने उदेश्यले यस्ता कार्यक्रम आयोजना गरिएको बताए ।

उनले पूँजी बजार मार्फत कर्णाली अञ्चलको पर्यटन, जलस्रोत तथा जडिवुटी उद्योगधन्दाको विकास गरी समग्र देशको रोजगारी तथा राजस्व बृद्धि गरी आर्थिक विकास गर्न सहयोग पुर्याउने दावी गरे ।

कार्यक्रमका उद्योग बाणिज्य संघका अध्यक्ष सूुर्य बहादुर शाहीले वोर्डसँग संयुक्त आयोजनामा कर्णाली अञ्चलमा नै पहिलो पटक पूँजी बजार सम्बन्धी यस्तो कार्यक्रम संचालन गर्न पाएको बताए ।  हालै यस्तो कार्यक्रम क्षेत्रिय सदरमुकाम सुर्खेतको विरेन्द्रनगरमा पनि आयोजना गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.