तीन लाखमा किनेको दरबारमा अर्बको हेरिटेज होटल, राणाकालिन दरबार बन्यो ४४ कोठे आधुनिक होटल

  २०७३ मंसिर ३० गते ९:५७     विकासन्युज

maya1manor-hotel

नक्साल स्थित तोरणसम्सेरको दरबारमा रहेको माया मनोर होटल

काठमाडौं ३०, मंसिर । नेपालको पुरानो ऐनिहासिक दरबार धमाधम होटल बन्न थालेका छन् । याकएण्ड यति होटल दरबार मासेरै होटल बनाइएको थियो भने अहिले अर्को दरबार मासेर होटल बनाइएको छ । होटल व्यवासायी तथा केजीएच ग्र्रुपले पुरानो इतिहासलाई सम्झाउने गरी तोरणसम्सेरको एक सय वर्ष भन्दा पुरानो दरबारलाई माया मनोर होटल बनाएको छ । ग्रुपका अध्यक्ष कर्ण शाक्यका अनुसार नक्सालमा रहेको तोरणसम्सेरको दरबारलाई तीन लाख रुपैयाँमा खरिद गरेर अर्बको होटल बनाइएको छ ।

शाक्यका अनुसार दरबारमा भएको यो हस्पिटालीटी सेवा उनको सपनाको होटल पनि हो । दरबारकै संरचनालाई होटल बनाउँन मात्रै १५ करोड रुपैयाँ खर्च गरेको भएको शाक्यले बताए । ‘तोरणसम्सेर राणाको दरबारलाई मैले १९७५ मा किने र अहिले त्यसेमा हेरिटेज होटल संचालन गर्न थाले’ शाक्यले भने ।

राणकालिन यो दरबार सन् १९३० राणाकालिन सदस्य नै बस्थे । १९६० मा चिनियाँ राजदूत बसेको यो भवन सन् १९७५ मा शाक्यले किनेका हुन । सन् २००० मा जिमी कार्टरले यसमा कार्टर सेन्टर खडा गरेका थिए । अहिले जयनेपाल हलबाट बाँया तर्फको नक्सालतर्फको यो ऐतिहासिक भवनमा शाक्यको माया मनोर नामक होटल संचालन छ ।

जम्मा ३ रोपनी क्षेत्रफल रहेको यो होटलको जग्गामा ऐतिहासिक सम्पदाको जगेर्ना गर्दै गुणस्तरीय होटल संचालन गरेको शाक्यको दाबी छ । यो होटलमा जम्मा ४४ वटा कोठा रहेको छ ।maya-manor-hotel11111

होटलको कोठा भाडा पनि जम्मा ९० डलर लिने गरिएको उल्ले छ । यो होटललाई हेरिटेजसहितको बुटिक भनिएको छ । बुटिकको विशेषता भनेको सानो भएपनि आकर्षक र नेपाली पनाको हो । यसमा इतिहास झल्काइएको छ । बुटिक होटल बढीमा ५० देखि ६० कोठा सम्मको मात्रै हुन्छ ।

विशेष गरी कुनै एउटा क्षेत्र र सम्पदाको थिम बुटिक होटलले बोकेको हुन्छ । माया मनोर पनि ऐतिहासिक महत्व बोकेको पुरानो बुटीक होटल भएको शाक्यको भनाइ छ । मेरो होटल सबै फरक विशेषताका छन् ।  शाक्यका अन्य हाटेल पनि फरक फरक विशेषतामा संचालन भइरहेका छन् ।

उनको लुम्बिनीको बुद्धमाया होटल धर्मावलम्बी पर्यटनको लागि हो । विशेष गरी यो होटल बुद्धिष्ट पर्यटकको लागि हो । पोखराको वाटर फ्रन्ट लेक साइटको लागि, हिमाल हेर्नेका लागि हिमालयन फ्रन्ट हो भने कन्फ्रेन्सका लागि पार्क भिलेज होटल हो । काठमाडौं गेष्ट हाउस टे«कर्सको लागि भएको शाक्यको होटल संचालन समूह केजीएचले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.