ग्लोबल आइएमई बैंकले प्यासिफिक डेभलपमेण्ट बैंक एक्विजिसन गर्ने

  २०७३ मंसिर २९ गते १६:२५     विकासन्युज

काठमाडौं, २९ मंसिर । ग्लोबल आइएमई बैंकको विशेष साधारणसभाले प्यासिफिक डेभलपमेण्ट बैंकलाई एक्विजिसन गर्ने निर्णय गरेको छ । बुधबार सम्पन्न बैंकको विशेष साधारणसभाले सो निर्णय गरेको हो ।

globle_ime_sgm

प्यासिफिक डेभलपमेण्ट बैंकको चुक्ता पूँजी १३ करोड रुपैयाँ छ । डिडिए प्रतिबेदनका आधारमा प्यासिफिक डेभलपमेण्ट बैंकको १०० कित्ता शेयरलाई ग्लोबल आइएमई बैंक लिमिटेडको ६९ दशमलब २६ कित्ता शेयर दिने गरी शेयर स्वाप रेसियो तय गरिएको छ । प्यासिफिक डेभलपमेन्ट बैंक प्राप्तिपछि ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी ६अर्व २५करोड ६३लाख रुपैयाँ पुग्ने बैंकले जनाएको छ ।

एक्विजिसज सम्बन्धमा नेपाल राष्ट्र बैंक तथा अन्य नियमनकारी निकायको स्वीकृति लिई यही पुस १५ गते भित्रमा एकिकृत कारोवार गर्ने लक्ष रहेको बैंकले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

ग्लोबल आईएमई बैंकले असोज मसान्तसम्ममा ८१ अर्व निक्षेप र ६९ अर्व रुपैयाँ कर्जा परिचालन गरेको छ । बैंकको हाल ९१ वटा शाखाहरु, ९ वटा सरकारको राजश्व संकलन काउण्टर, १०३ एटिएम, ६ वटा एक्सटेन्सन काउण्टर, भारत तथा अष्ट्रेलियामा सम्पर्क कार्यालय, ४४ वटा शाखारहित बैंकिङ्ग सेवा तथा १ वटा सि.डि.एस.काउण्टर रहेका छन् ।

त्यस्तै बैंकले अत्याधुनीक प्रविधियुुक्त मोवाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.