व्यापारिक मेलामा अवलोकनकर्ताको भीड, निर्माण सामाग्रीका स्टलप्रति बढी आकर्षण

  २०७३ मंसिर २६ गते १७:२३     विकासन्युज

bhaktapur_mela1भक्तपुर, २६ मंसिर । शुक्रबारदेखि भक्तपुरमा सुरु भएको अन्तर्राष्ट्रिय व्यापार मेलामा निर्माण सामाग्रीका स्टलप्रतिको आकर्षण बढी देखिएको छ । भूकम्पपछि पुननिर्माणको क्रम तीव्र भएसँंगै मेलामा सहभागीहरुको विशेष आकर्षण निर्माण सामाग्रीप्रति देखिएको हो । मेलामा सहभागी कृष्णहरि श्रेष्ठले भूकम्पले भत्केको घर पुननिर्माण सुरु गर्न लागेकोले आफ्नो विशेष रुचि मेलाका निर्माण सामाग्री स्टलप्रति रहेको स्पष्ट पारे ।

 

भक्तपुर उद्योग वाणिज्य संघको आयोजनामा भक्तपुरको सल्लाघारीमा भइरहेको वृहतस्तरको अन्तर्राष्ट्रिय व्यापार मेलामा आठ वटा स्टल निर्माण सामाग्रीका छन् । मेलाका संयोजक राजुमृगेन्द्र जोशीका अनुसार मेलामा निर्माण सामाग्रीका स्टल थोरै रहे पनि त्यसप्रतिको आकर्षर्ण वढी देखिएको जनाए ।

bhaktapur_mela

मेलामा सहभागी सीपी डिजाइन कन्सल्टिंग आर्किटेक्चर्स एण्ड इन्जिनियर्स घटेकुलो चोक काठमाडौंको निर्देशक एवं आर्किटेक्ट रञ्जन प्रजापतिले आफनो विशेष आकर्षण भूकम्पपछिको पुननिर्माणमा उपयुक्त देखिएको गोरखा इको प्यानलप्रति रहेको जनाए । ‘भकम्पप्रतिरोधी मात्रै नभई, स्वदेशमै उत्पादित भएकोले पनि मेरो विशेष रुचि इको प्यानका प्यानलप्रति रह्यो’, उनले भने, ‘यसबाहेक निर्माण सामाग्री स्टलहरु पनि मैले हेरें ।’

मेलामा गोरखा इको प्यानलबाहेकका सिमेन्ट, रंगलगायतका निर्माण सामाग्रीका स्टल छन् । गोरखा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत कृष्णभक्त दुवालले आफूहरुको उत्पादन वातावरणमैत्री भएकाले पनि उपभोक्ताको रुचि रहेको जनाए । मेला २९ गतेसम्म चल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.