६० अर्ब लगानीमा २६ होटल बनाइँदै, पाँच तारे र डिलक्स होटलका चार हजार कोठा थपिने

  २०७३ मंसिर २६ गते ९:३०     विकासन्युज

काठमाडौं २६, मंसिर । नेपालको होटल क्षेत्रमा कर्पोरेट क्षेत्रका लगानी बढ्न थालेको छ । विगत  केही वर्षयता हस्पिटालीटि क्षेत्रमा लगानी गर्न कर्पोरेट क्षेत्र निकै आकर्षित देखिएको छ ।

गैरआवसिय नेपाली संघका अध्यक्ष शेष घलेको काठमाडौंमा बन्दै गरेको होटलको स्केच

गैरआवसिय नेपाली संघका अध्यक्ष शेष घलेको काठमाडौंमा बन्दै गरेको होटलको स्केच

नेपालमा स्थापित भइसकेका ब्राण्ड र कर्पोरेट क्षेत्रले बढाएको लगानीले याे क्षेत्रलार्इ उत्साहित बनाएकाे होटल संघ नेपाल (हान)का अध्यक्ष अमरमान शाक्यले बताए ।

उनका अनुसार हस्पिटालीटी उद्योगप्रतिको लगानी निकै सकारात्मक देखिएको छ । पछिल्लो समय निर्माण सुरू गरेका र निर्माणाधिन होटलमा गरी नेपलामा करीब ४ हजार कोठा संख्या थपको घोषणा भइसकेका छन् । सार्वजनिक घोषणा नगरी निर्माण सुरू गरिसकेका होटलको संख्या पनि धेरै रहेकाे भने हानका अध्यक्ष शाक्यको भनाइ छ ।

पछिल्लो समय सूर्य नेपाल, जगदम्बा ग्रुप, चौधरी ग्रुप, समिट ग्रुपसहितले होटल क्षेत्रमा देखाएको लगानी उत्साह नै पछिल्लो समको सकारात्मक लगानीको वातावरण बनेको आभाव भएको हानको बुझाई छ ।

विभिन्न माध्यमबाट निर्माण घोषणा भएका तथा निर्माण चरणमा रहेका तारे होटल

विभिन्न माध्यमबाट निर्माण घोषणा भएका तथा निर्माण चरणमा रहेका तारे होटल

पछिल्लो समय कर्पोरेट क्षेत्रमा आफ्नो अलग पहिचान बनाएको सूर्य इन्टरप्राइजेले पनि रविभवनमा नयाँ होटल बनाउँने घोषणा गरेको छ ।

पाँचतारे डिलक्स होटल बनाउने योजना बनाएको सूर्य इन्टरप्रइजेजका संचालक प्रभाकर सम्सेर राणाले बताएका छन् ।

उनका अनुसार होटल ६ तारेसम्कै होटल बनाउने योजना रहेको छ । तर, नेपालमा पाँचतारे डिलक्ससम्मको मात्रै स्तर निर्धारण गरिएकोले सोही स्तरको होटल हुने उल्लेख छ ।

होटल बनाउँन रविभवनमा जग्गा तय गरिसकेकेले पाँच तारे भन्दा पनि स्तरीय होटल बनाउने योजना रहेको छ । होटल बनाउँन आर्किटेक्चरसँग सहकार्य भैसकेको छ भने युएसएआइडी बसेको स्थानमा करीब ४५ रोपनी जग्गासमेत निर्धारण गरिसकिएको छ ।

यो होटल सुरू गरेको तीन वर्षमा नै पूरा गर्ने योजना रहेको छ । जग्गा तय भैसकेकोले अहिले नै कति लगानी हुन्छ भन्ने बारेमा भने तय भैसकेको सूर्य नेपालले जानकारी दिएको छ ।

नेपालको सबैभन्दा पुरानो पाँचतारे होटल सोल्टीका सुरूवातकर्ता प्रभाकर सम्सेरले होटल क्षेत्रलाई थप प्राथमिकता दिँदै लगानी गर्न लागेका हुन । कर्पोरेट क्षेत्रले होटलमा देखेको संभावनाकै करण पनि यो क्षेत्रप्रतिको उत्साह निकै सकारात्मक देखिएको छ ।

बजारमा थपिन लागेका कर्पोरेट क्षेत्रका तारे देखि पाँचतारे डिलक्स सम्मका होटलमा करीब ५५ देखि ६० अर्ब रुपैयाँ खर्चको अनुमान गरिएको छ । यस अघि हानले दिएको तथ्यांक अनुसार ३७ सय कोठामा नै ५३ अर्बको लगानी आइसकेको छ ।

डेड दर्जन होटलले मात्रै यस्तो लगानी प्रतिवद्धता देखाएका हुन । तारे स्तरभन्दा साना र थोरै लगानीका होटलको भने गणना नै नभएको हानको भनाइ छ । हानका अनुसार नेपालको होटल तथा हस्पिटालीटी क्षेत्रमा हाल करीब २ खर्ब रुपैयाँको लगानी अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.