नेपालमा पहिलो पटक इन्टरेनट मार्फत फन्ड ट्रान्सफर, एनआईसी एसियाको अन्तर बैंक फण्ड ट्रान्सफर सञ्चालनमा

  २०७३ मंसिर २२ गते १६:३३     विकासन्युज

nic_asiaकाठमाडौं, २२ मंसिर । एनआइसी एसियाले अन्तर बैंंक फन्ड ट्रान्सफर गर्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ । बैंकले नेपाल क्लियरीङ हाउससँगको सहकार्यमा इन्टरनेट बैंकिङ सेवामार्फत सो सुविधा सञ्चालनमा ल्याएको हो । बैंकले इन्टरनेटमार्फत सोझै फण्ड ट्रान्सफर गर्न मिल्ने सेवा ल्याउने नेपालकै पहिलो बैंक भएको दावी गरेको छ ।

सो सेवा सञ्चालनमा आएपछि बैंकका ग्राहकहरुले सजिलैसँग ६० भन्दा बढी बैंक तथा बित्तीय संस्थाहरुमा रहेका खाताहरुमा फण्ड ट्रान्सफर गर्न सक्नेछन् । ग्राहकहरुलाई अधिकतम सेवा एबम् सुविधा उपलब्ध गराउने उदेश्यका साथ सो सेवा सञ्चालनमा ल्याइएको बैंकले दावी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.