अत्याधुनिक प्रविधिको सर्वोत्तम सिमेन्ट अब नेपाली बजारमा, कोइला तथा बिजुलीको कम खपत गर्ने

  २०७३ मंसिर १७ गते १२:५५     विकासन्युज

काठमाडौं, १७ मंसिर । सौरभ ग्रुप अन्तर्गतको कम्पनी सर्वोत्तम सिमेन्ट प्रा. लि. पहिलो पटक नेपाली बजारमा आएको छ । उक्त कम्पनी नेपालकै यूरोपियन अत्याधुनिक भि.आर.एम. प्रविधिवाट सिमेन्ट उत्पादन गर्ने एक मात्र सिमेन्ट उद्योग हो । यस उद्योगबाट उत्पादित ग्रिन सर्वोत्तम ओ.पि.सि र ग्रिन सर्वोत्तम पि.एस.सि ब्राण्डका ८का सिमेन्टहरु अधिराज्यभर बिक्री वितरण भैरहेको कम्पनीले जनाएको छ ।

sarbottam-bora

कम्पनीका अनुसार यस उद्योगबाट उत्पादित एक ग्राम सिमेन्टको मसिनोपन ४५०० से.मि स्क्वाएर सम्म रहेको छ । क्रसवार कुलर र इन्टेलिजेन्ट मसिन कन्टोलवाट गूणस्तरमा एकरुपता ल्याइ आफ्नै स्टिम इन्जिनबाट विद्युत उत्पादन गर्ने सिमेन्ट उद्योगको रुपमा संचालित भईरहेको कम्पनीले जनाएको छ । ६ स्टेज प्रिहिटर प्रविधिबाट उत्पादित यस सर्वोत्तम सिमेन्ट एक्सरे डिफ्राक्सन मसिनबाट परिक्षण गरि बजारमा ल्याउने पहिलो सिमेन्ट हो । जसले गर्दा गुणस्तरमा एकरुपता हुन्छ । सर्वोत्तम सिमेन्टले कोइला तथा बिजुलीको सबैभन्दा कम खपत गरि वातावरण मैत्री उद्योगको रुपमा सिमेन्ट उत्पादन जारी राख्दै आएको छ ।

यस उद्योगबाट उत्पादित सिमेन्ट वाटरपुफ्र लेमिनेटेड बोरामा प्याकिङ गरिएको हुनाले भन्डारण अवधिभरको लागि गुणस्तर कायम रहन्छ । सबैभन्दा उत्कृष्ट खानी पाल्पा तथा चितवनको चुन ढुङगाको मिश्रणबाट नेपालकै मध्य भाग नवलपरासीमा वार्षिक एक लाख २५ करोड बोरा उत्पादन क्षमता भएको एक मात्र सिमेन्ट उद्योग हो ।

यस सिमेन्ट उद्योगले नेपालमै हाल सम्म सवैभन्दा बढि विदेशी लगानी भित्र्याई सवैभन्दा उत्कृष्ट सिमेन्ट उत्पादन गर्न सक्षम भएको छ । सर्बोत्तम सिमेन्ट आइ एस ओ ९००१ गुणस्तर प्रमाणित, १४ वतावरण मैत्री प्रमाणित र नेपाल गुणस्तर प्रमाणित रहेको कम्पनीले जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.