चीनका लागि फेसबुकले तयार पार्‍यो नयाँ सफ्टवेयर, इन्क्रेप्टेड भर्सनमा उपलब्ध हुने

  २०७३ मंसिर ९ गते २१:३२     विकासन्युज

काठमाडौं,९ मंसिर। चीनका लागि फेसबुकले विशेष सफ्टवेयर तयार पारेको छ। फेसवुकका संस्थापक  मार्क जुकर्वर्गको चाहनावमोजिम कम्पनीले गोप्य रुपमा यो सफ्टवेयर तयार पारेको खुलासा भएको छ।
facebook
विशेष देश र ती देशका महत्वपूर्ण क्षेत्रका मानिसहरुका लागि न्युज फिडमा आउने पोस्टमा सेन्सर गर्न सकिने सफ्टवेयर फेसबुकले तयार पारेको हो।  चीनमा यस्ता समस्या देखा परेको र त्यहाँ सेन्सरसिपको कुरा पटक पटक उठेपछि फेसबुकले नयाँ सफ्टवेयर बनाएको हो।

फेसबुकले आफैं भने पोस्टहरु रोक्ने छैन । चिनियाँ साझेदार कम्पनीले उक्त सफ्टवेयरमार्फत् मानिसहरूले पोस्ट तथा सेयर गरेका चीजहरु देखाउने वा नदेखाउने भन्ने अधिकार राख्नेछ । यो सफ्टवेर बनाउनुको मुख्य कारण चीनमा पनि फेसबुकको प्रभाव विस्तार गर्नु हो ।

सन् २००९ मा चीनमा फेसबुक खोल्नका लागि निजी नेटवर्कमार्फत जानु पर्दथ्यो। जसले असली लोकेसन लुकाइदिन्थ्यो भने  इन्टरनेटमा ब्लक गरिएकाद सामग्री हेर्न सकिन्थ्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.