माइक्रोसफ्टद्वारा ‘विन्डोज ७’ र ‘विन्डोज ८’ को उत्पादन र विक्रि बन्द

  २०७३ कार्तिक २३ गते २१:५२     विकासन्युज

काठमाडौं, २३ कात्तिक। अमेरिकन टेक जाइन्ट माइक्रोसफ्टले उसको अघिल्लो भर्सनको विन्डोज ७ र विन्डोज ८ को विक्रि बन्द गरेको घोषणा गरेको छ। अब यी अपरेटिङ सिस्टमहरु नयाँ कम्प्युटर र ल्यापटपमा इन्स्टल गरेर विक्रि नगर्ने कम्पनीले जनाएको छ।

Image result for windows

विश्वचर्चित म्यागेजिन फोब्सले बताएअनुसार कम्पनीले अब ओरिजिनल विन्डोज ७ र विन्डोज ८ को विक्रि वितरण र विश्वका कुनैपनि देशमा सिपमेन्ट नगर्ने जनाएको छ।

उत्पादन र विक्रिवितरण बन्द गरेपनि  कम्पनीले विन्डोज ७ अपरेटिङ सिस्टमको अपडेट सन् २०२० सम्म उपलब्ध गराउने र विन्डोज ८ को भने सन् २०२३ सम्म उपलब्ध गराउने जनाएको छ। उसले विन्डोज १० को विक्रि बढाउनका लागि पुरानो भर्सनको विन्डोज अपरेटिङ सिस्टमलाई वन्द गरेको जनाएको छ।
इलेक्ट्रोनिक्स कम्पनी डेल र तोसिवामा विन्डोजको अपरेटिङ सिस्टम सुरुमा नै राखिएर आउनेगर्थ्यो तर अब उनीहरुले पनि राख्नेछैनन् र यसको ठाउँमा ‘विन्डोज १०’ हुने जनाइएको छ। कम्पनीले यस बर्षको सुरुवातमा विन्डोज १० का लागि महत्वपूर्ण दुईवटा अपडेट गर्ने जनाएको थियो।
माइक्रोसफ्टले विन्डोज ७ लाई सन् २००९ मा सार्वजनिक गरेको थियो भने विन्डोज ८ र ८.१ लाई सन् २०१२ मा सार्वजनिक गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.