मेलम्चीको पानी बाढ्न ३० हजार घरमा नयाँ धारा जडान सम्पन्न

  २०७३ कार्तिक ११ गते १६:३०     विकासन्युज

melamchi_1काठमाडौं, ११ कात्तिक । २०७४ असोजदेखि राजधानी बासीले मेलम्चीको पानी पिउन पाउने सम्भावना बढ्दै गएको छ । मेलम्ची खानेपानी आयोजनाले ८५ दशमलब ५० प्रतिशत काम सम्पन्न भैसकेको जनाएको छ । २७ किलोमिटर सुरुङमध्ये २० किलोमिटर भन्दा बढि खनि सकिएको छ । सुन्दरी जलमा निर्माण भैरहेको पानी प्रसोधन केन्द्रको निर्माण पनि ६० प्रतिशत सम्पन्न भैसकेको छ भने राजधानीमा पाइप बिछ्याउने काम पनि ४७ दशमलब शुन्य ९ प्रतिशत सकिएको छ ।

त्यसकारण पनि आगामी असोज भित्र राजधानीबासीले मेलम्चीको पानी पिउन पाउने सम्भावना बढेको देखिन्छ । ‘आगामी असोजमा राजधानी बासीका धारामा मेलम्चीको पानी आउँछ’, आयोजना प्रमुख घनश्याम भट्टराईले भने । मेलम्चीको पानी सुन्दरी जलसम्म आइपुगेपछि त्यसलाई घरघरसम्म पुर्याउने पुर्वाधार विस्तारको जिम्मेवारी काठमाडौं खानेपानी लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालयले पाएको छ ।

निर्देशनालयले महांकालदेखि चाबहिल हुँदै पुरा रिङरोडको ५२ किलोमिटर क्षेत्रमा थोक वितरण प्रणाली अन्तर्गत १४०० एमएमको पाइप बिछ्याउने काम गरिरहेको छ । आयोजनाले रिङरोड भित्र ८३ हजार ५ सय ७३ घरधुरीमा नयाँ धारा जडान गर्ने काम गरिरहेको छ । सोमध्ये हालसम्म २९ हजार ८ सय १७ घरधुरीमा नयाँ धारा जडान भैसकेको छ ।

melamcheeआयोजनाले घरघरमा पानी पुर्याउनका लागि ६७० किलोमिटरमा पाइप बिछ्याउने योजना बनाएको छ । सोमध्ये ४१५ दशमलब ८१८ किलोमिटर क्षेत्रमा नयाँ पाइप बिछ्याउने काम सम्पन्न भैसकेको छ । पहिलो चरणमा रिङरोड भित्र र दोश्रो तथा तेश्रो चरणमा क्रमशः किर्तिपुर र भक्तपुरको ठिमीमा मेलम्चीको पानी वितरण गर्ने योजना बनाएको छ । ‘मेलम्चीको पानी पहिलो चरणमा रिङरोड भित्रका जनताले पिउन पाउँछन्, दोश्रो र तेश्रो चरणमा पुरानो बस्तीका रुपमा रहेका किर्तिपुर र ठिमीका जनतासम्म पुर्याउँछौं’, भट्टराईले भने ।

मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी सुन्दरी जलमा निर्माण भैरहेको प्रसोधन केन्द्रमा संकलन गरिनेछ । त्यसले मात्रै राजधानीमा खानेपानीको आपुर्ति व्यवस्थालाई समाधान नगर्ने भएकाले याङग्री र लार्के नदिबाट थप ३४ करोड लिटर पानी ल्याउने गरि अध्ययन अघि बढाइएको पनि भट्टारईले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.