हिमालय एअरलाइन्सद्वारा कोलम्बोमा परिवारको लागि आकर्षक टिकटदर अफर

  २०७३ कार्तिक ४ गते १६:०४     विकासन्युज

काठमाडों, ४ कात्तिक । हिमालय एअरलाइन्सले जाडोको मौसममा परिवार सहित काठमाडौँबाट कोलम्बो घुम्न जाने योजना बनाइरहेका ग्राहकहरुका लागि आकर्षक टिकटदर अफर ल्याएको छ । कम्तिमा पनि दुइ जना सदस्य रहनुपर्ने उक्त परिवारको लागि एअरलाइन्सले दई तर्फी भाडादर ३५ हजार १५२ (प्रति व्यक्ति) रुपैयाँ तोकिएको बताएको छ । तर सो मूल्यमा ट्याक्स कायम गरिएको छैन ।

special-family-fare_facebook-postकम्पनीका अनुसार उक्त आकर्षक टिकटदर पुस १६ गतेसम्म लागू हुनेछ भने इच्छुक ग्राहकहरुले कार्तिक १४ गतेसम्म टिकट खरीद गरीसक्नु पर्ने छ । ग्राहकहरुले उक्त सेवाको टिकट एअरलाइन्स्को सेल्स र रेजर्भेशन कार्यलय अथवा आफूलाई उपयुक्त लागेको ट्राभल एजेन्टहरुबाट बुक गर्न सक्नेछन् ।

एअरलाइन्स्का भाइस प्रेसिडेन्ट( श्री विजय श्रेष्ठ भन्छन्,“कोलोम्बो छट्टी मनाउनका साथ सँकृति प्रवर्धन गर्नको लागि परिचीत गराइएको एउटा नयाँ गन्तब्य हो । सोहि कुरालाई मध्यनजर गरेर एअरलाइन्सले ग्राहकहरु, जो आफ्नो परिवार सँग गुणस्तरीय समय विताई अविशमरणीय यादहरु समेट्न चाहन्छन्, उनीहरुलाई लक्षित गरेर उतm आकर्षक टिकटदरको अफर ल्याएको हो । हामी विश्वस्त छौँ कि धेरै भन्दा धेरै ग्राहकहरुले यस अवसरलाई पुर्ण रुपमा उपभोग गरेर लाभान्वित हुनहुने छन्।”

काठमाडौँ–श्रीलंका हप्ताको २ दिन मगंलबार र शनिबार मात्र उडान हुने छ । काठमाडौंबाट साढे ११ (११ः३०) बजे प्रस्थान भएको H9673 एअरलाइन्स कोलोम्बोमा सोही दिन सवा ३(१५ः१५) बजे आगमन गर्ने कम्पनीले जनाएको छ । त्यस्तै, कोलोम्बो बाट सवा ४ (१६ः१५) बजे प्रस्थान भएको H9674 एअरलाइन्स काठमाडौंमा सोही दिन सवा ८ (२०ः१५) बजे आगमन गर्ने छ ।

सँयुक्त लगानीमा सञ्चालित यस एअरलाइन्स्को ४८.९९ प्रतिशत लगानी तिब्बत एअरलाइन्सको छ भने ५१.०१ प्रतिशत लगानी नेपालको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.