अन्तराष्ट्रिय गरिबी निवारण दिवसः पेटभरी खान नपाउनेको संख्या ९० करोड बढी

  २०७३ कार्तिक १ गते १५:३२     नारायण पौडेल

povertyकाठमाडौं, १ कात्तिक । विश्व बैंकले दैनिक एक दशमलब ९० अमेरिकी डलर आम्दानी गर्न नसक्नेहरुलाई निरपेक्ष गरिबको सूचिमा राख्दै आएको छ । सो भन्दा कम आम्दानी गर्नेहरुलाई दैनिक भेटभरी खान नपाउनेहरुको रुपमा गणना गरिन्छ । बैंकले सन २०१२ मा तयार पारेको योजनामा सन २०१५ को समाप्तिसम्ममा संसारमा निरपेक्ष गरिबहरुको संख्या ७० करोड भन्दा कम गराउने लक्ष्य थियो ।
तर अझैपनि संसारमा ९० करोड भन्दा बढि जनसंख्या निरपेक्ष गरिबीको रेखमुनी रहेको बिभिन्न अध्ययनहरुले देखाएका छन् । जबकी विश्व बैंकले सन २०१२ मै तयार पारेको प्रतिवेदनले भने संसारमा ८९ करोड ६७ लाख मानिस निरपेक्ष गरिबको संख्या थियो । जुन कुल जनसंख्याको १२ दशमलब ८ प्रतिशत हुन आउँछ ।

विश्व बैंकले सन २०३० सम्ममा संसारबाट गरिबहरुको संख्या ३ प्रतिशतमा झार्ने योजना बनाएको छ । जबकी हाल यस्तो संख्या ९ दशमलब ६ प्रतिशत रहेको छ । विश्व बैंकले सन २०१५ को तथ्यांकमा आधारित रहेर तयार पारेको प्रतिवेदन अनुसार हाल संसारमा कुल जनसंख्याको ९ दशमलब ६ प्रतिशत मानिस मात्रै निरपेक्ष गरिबीको रेखामुनी रहेका छन् । यो संख्या सन २०१२ को भन्दा २ करोडले कम हो ।

सबै भन्दा गरिबी अफ्रिकी महादेशमा रहेको छ । त्यहाँ कुल जनसंख्याको ४२ प्रतिशतसम्म मानिस निरपेक्ष गरिबीको रेखामुनी रहेका छन् ।

के हो गरिबी निवारण दिवस ?
१९९२ डिसेम्बर २२ तारिखका दिन संयुक्त राष्ट्रसंघको महासभाले अक्टोबर १७ तारिखलाई अन्तराष्ट्रिय गरिबी निवारण दिवसका रुपमा मनाउने निर्णय गरेको हो । युद्ध, गरिबी र भोखमरीका विरुद्ध यो दिवसको सुभारम्भ गरिएको हो ।

अमेरिकामै साढे १३ प्रतिशत जनता गरिब

poverty_22१४ प्रतिशत अमेरिकी जनता गरिबीको रेखामुनी रहेको एक अध्ययनले देखाएको छ । अमेरिकी जनगणना रिपोर्टका अनुसार ४ करोड ३० लाख अमेरिकी जनता गरिबीको रेखामुनी रहेका छन् । यो संख्या भनेको अमेरिकी जनसंख्याको १४ प्रतिशत हो ।

सन २०१४ मा पछल्लो १६ वर्षमा सबै भन्दा बढि गरिबी बढेको पनि सो रिपोर्टले उजागर गरेको छ । सन २०१४ मा भन्दा १ दशमलब २ प्रतिशतले बढी १३ दशमलब ५ प्रतिशत अमेरिकीहरु गरिबीको रेखामुनी पुगेका हुन् । विश्वको सबै भन्दा ठुला अर्थतन्त्रका रुपमा रहेको अमेरिकामा ४ करोड ३० लाख जनता गरिबीको रेखामुनी पुग्नु गम्भिर संकटको संकेत भएको बताईन्छ ।

कति नेपाली छन् गरिब ?
केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा गरिबीको रेखामुनि रहेको जनसंख्या ६१ लाख ४७ हजार ८ सय ७५ छ । यो कुल जनसंख्याको २३ दशमलब ८ प्रतिशत हो । राष्ट्रिय जनगणना ०६८ अनुसार नेपालको जनसंख्या दुई करोड ६४ लाख ९४ हजार पाँच सय चार छ ।

संख्याका आधारमा सबैभन्दा धेरै गरिब रौतहटमा छन् । रौतहटमा दुई लाख २७ हजार गरिब रहेको तथ्यांक छ । यसमध्ये विषम परिस्थितिमा ५६ हजार आठ सय ६० र गहन समस्यामा २० हजार एक सय ८९ गरिब छन् ।
संख्याका आधारमा सबैभन्दा कम गरिब मनाङमा छन् । ६ हजार पाँच सय ३८ जनसंख्या रहेको मनाङमा दुई हजार एक सय ५० जना गरिब छन् । विषम गरिबको संख्या ६ सय ४६ र गहन गरिबको संख्या दुई सय ४९ छ ।

त्यस्तै, जनसंख्याको अनुपातका आधारमा सबैभन्दा धेरै गरिब बाजुरामा छन् । बाजुरामा गरिबको संख्या ८५ हजार आठ सय ६७ छ । यो कुल जनसंख्याको ६४ दशमलब शुन्य ४ प्रतिशत हो । कुल जनसंख्या एक लाख ३४ हजार नौ सय १२ छ । सो जिल्लामा २६ हजार नौ सय एक गरिब विषम परिस्थितिमा र ११ हजार ८९ गरिब गहन समस्यामा रहेको तथ्यांक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.