आज ३७ औं विश्व पर्यटन दिवस, पर्यटकलाई छुट र स्वागतको ओइरो

  २०७३ असोज ११ गते ८:०७     विकासन्युज

काठमाडौं ११, असोज । आज विश्व पर्यटन दिवस नेपालले पनि धुमधामसाथ मनाइरहेको छ । सरकारले आजको यो दिवसालाई पर्यटकीय गतिविसहित विश्व पर्यटन दिवस भव्यताका साथ मनाउँने निर्णय यस अधि नै गरेको थियो ।

विभिन्न ३२ वटा पर्यटकीय संघसंस्थासँगको सहकार्य र समन्वयमा औपचारिक रुपमै ३७ औं विश्व पर्यटन दिवस मनाइरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिtourism-dayव शंकरप्रसाद अधिकारीले बताए ।

उनका अनुसार विहानै ठमेलेको संचयकोषबाट र्याली निकालेर शान्तिपूर्ण पदयात्रासहितको कार्यक्रम सुरु भएको छ । मंगलबार दिनभर नै यो दिवसको कार्यक्रम हुने भएको छ ।

विमानस्थलमा आज पहिलो उडानमार्फत आउने सबै पर्यटकलाए खादा लगाएर स्वागत गर्ने, होटल माहासंघ नेपाल अन्तगरतका सबै होटलमा २० प्रतिशत छुट, ठूला होटलहरुको संस्था होटल संघ नेपालको विशेष छुट, विभिन्न पर्यटन व्यवसायीक संस्थाले पनि छुट र विशेष अफर ल्याएको जानकारी दिएका छन् ।

हरेक वर्ष २७ सेप्टेमवरका दिन मनाइने यो दिवस यस वर्ष पनि विभिन्न जिल्ला र क्षेत्रमा पर्यटकीय गतिविधि संचालन गर्दै भव्य रुपमा सम्पन्न गरिदै आएको छ । पर्यटन प्रवद्र्धनको कार्यक्रमलाई प्रभावकारी बनाउन निजी क्षेत्रका पर्यटकी संस्थाको समन्वय र सहकार्यमा कार्यक्रम हुँदै आएको छ । news_world_tourism_day_2015

विश्व पर्यटन दिवसमा दिन विभिन्न पर्यटकीय संस्थाले पर्यटकीय सेवा दिने विशेष छुट, पर्यटकीय गतिविधि, ¥याली, झाँकीसहितका कार्यक्रम विहानैबाट सुरु भएको छ ।

पर्यटकीय संस्था सबैले आफ्नो क्षेत्र र कार्यप्रकृति अनुसारका पर्यटनको गतिविधि गरिरहेको पर्यटन सचिव अधिकारीको भनाइ छ । पर्यटन बोर्डमा हुने आजको कार्यक्रममा उत्कृष्ट पर्यटन गाँउ घोषणा, घुमफिर वषृ २०७३ का लागि नयाँ गाउँ घोषणासहितका कार्यक्रम हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.