अशोक लेलैण्डले जित्यो बेष्ट इण्डियन ब्राण्ड्स २०१६ अवार्ड

  २०७३ असोज ३ गते ६:३१     विकासन्युज

image001काठमाडौं, ३ असोज । भारतको प्रसिद्ध मोटर निर्माता कम्पनी अशोक लेलैण्डले बेष्ट इण्डियन ब्राण्ड्स २०१६ को अवार्ड जितेको छ । अशोक लेलैण्डले गत बर्ष भारतीय बजारमा ३९ प्रतिशतले वृद्धि गरेको छ ।

कमर्सियल भेहिकल अन्तर्गत स्कुल बस सेग्मेंटमा अव्वल रहेको सनसाइन बसको भारतीय बजारमा प्रवेशले उपभोक्तालाई ठुलो राहत दिएको कम्पनीले जनाएको छ । अशोक लेलैंडले दुबईमा र सअलखैमा एक करोड अमेरिकी डलरमा नयाँ प्लान्ट स्थापना गरिसकेको छ ।

अशोक लेलैण्ड इण्डियामा निर्मित ब्राण्ड हो । अशोक लेलैण्डका कर्मशियल गाडीहरुको युएसपी भनेकै यसका रेन्ज र प्रोडक्ट भेराइटी रहेकोे कम्पनीको ेदावी छ । नेपाली बजारमा अशोक लेलैण्ड ब्राण्डका बस, ट्रक, ट्रिपर र लाइट भेहिकलहरु बिक्रि गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.