यती डेभलपमेन्ट बैंकद्वारा स्वास्थ्य शिविर आयोजना

  २०७३ असोज २ गते ११:२६     विकासन्युज

yeti_program_pokharaकाठमाडौं, २ असोज ।  यती डेभलपमेण्ट बैंक लिमिटेडले पोखरामा स्वास्थ्य शिविर आयोजना गरेको छ । सो योजानमा बैंकले ६२ जना अनाथ बालबालिकाहरुको स्वास्थ्य परिक्षण गराएको छ । बैंकले समाजिक उत्तरदायित्व पुरा गर्दै जाने शिलशिलामा  उक्त कार्यक्रमको आयोजना गरेको हो ।

उक्त स्वास्थ्य शिविरमा डा भिष्मराज बराल र डा प्रकाश कार्कीले नमस्ते कम्युनिटी फाउण्डेसनमा रहेका बालबालिकाको स्वास्थ्य परिक्षण गरेका थिए । कार्यक्रममा पोखराका अग्रज पर्यटन व्यवसायी रामचन्द्र भट्टराईले सबै व्यवसायिक प्रतिष्ठानले कमाईको केही हिस्सा सामाजिक सेवामा लगाउन सके देश विकासमा महत्वपूर्ण योगदान हुने बताए ।

नमस्ते कम्युनिटी फाउण्डेशनका संस्थापक अध्यक्ष भिष्मराज पौडेलले बैंकले सामाजिक क्षेत्रमा गरेको योगदान बारे चर्चा गर्दै बैंकलाई धन्यबाद दिएका छन् । बैंकको केन्द्रिय कार्यालयका बजार व्यवस्थापक प्रकाश घिमिरेले यस्ता सामाजीक कार्यहरुलाई प्राथमिकता दिई सहयोग गर्दै जाने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.