मोबाइल हब बन्दै सीटीसी मल, सीटीसीको आयोजनामा भदौ ३१ देखी मोबाईल एक्स्पो

  २०७३ भदौ २२ गते २:२६     विकासन्युज

काठमाडौं २२, भदौ । काठमाडौंको सुन्धारास्थित सीटीसी मल मुलुककै ठूलो मोबाइल हबका रुपमा सञ्चालनमा आएको छ । सीटीसी मोबाइल बजार बजार व्यवस्थापनले नयाँ अवधारणसहित तीन, चार, पाँच र छैठौं तलामा ग्राहकका लागि सुविधासम्पन्न मोबाइल बजार स्थापना गर्न सफल भएको हो । CIVIL_Mall

सीटीसी मोबाईल बजारमा सबै किसिममा मोबाइल, सर्भिस सेन्टर तथा मोबाइलका लागि चाहिने सबै किसिमका एसोसरिजहरु सुपथ मुल्यमा उपलब्ध रहेको ब्यबस्थापकले जानकारी दिएको छ ।

सीटीसी मलको पाँचौ र छैठौं तल्लामा २० भन्दा बढी मोबाइल सर्भिस सेन्टरहरु रहेका छन् । जसमध्ये हुवावे, माइक्रोम्याक्स, जियोनी, लाभा, एम आई, पानासोनिक, कार्वन, स्पाइस, ओविआई, रेज, केन्ट, सेलकन, टचकन, फ्लाई, विनकम, किवी लगायत ब्राण्डका मोबाइल सर्भिस सेन्टरहरु रहेका छन् ।

यस्तै सामसुङ्ग, लेनेभो, जोप्पो, सिजी र लक्ष्मी गु्रपबाट प्रबद्र्वित नयाँ मोबाइलको सर्भिस सेन्टर पनि छिट्टै सञ्चालनमा आउने सिटिसी मोबाइल बजारका अध्यक्ष सन्दिपमान श्रेष्ठले जानकारी दिए ।

मलको तेस्रो र चौथो तल्लामा सबै ब्राण्डका मोबाइल पसलहरु सञ्चालनमा रहेका छन् । पछिल्लो समय सपिङ्ग मलहरुको संख्या बढ्दै गएकोमा यो मललाई मोबाइल बजारका रुपमा चिनाउन र सबै मोबाइल प्रयोगकर्ताको सहजताका लागि मोबाइल बजार सञ्चालनमा ल्याएको अध्यक्ष श्रेष्ठले बताए ।

नेपालमा प्रविधिको विकाससँगै बढ्दो मोबाइलको प्रयोग गर्ने आम नेपालीको अधिकार सुरक्षित गर्दै छिटपुट रुपमा रहेका मोबाइल बजारको विकल्पको रुपमा सीटीसी मोबाइल बजार सञ्चालनमा ल्याइएको पनि मोबाइल बजारका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

अध्यक्ष श्रेष्ठका अनुसार मोबाईल बजारले नेपालमा सञ्चालित सबै कम्पनीले विक्री गर्ने मोबाइलहरु सर्भिसका लागि विभिन्न तालिमहरु समेत दिने योजना रहेको छ । यसैबीच सीटीसी मोबाइल बजारको आयोजनामा आगामी भदौ ३१ गते मोबाईल एक्स्पो हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.