मेगा बचत योजना ‘नानीमा लागेको बानी’ घोषणाः न्यूनतम बचत, अधिकतम व्याजदर

  २०७३ भदौ २० गते १३:२८     विकासन्युज

काठमाडौं, २० भदौ । मेगा बैंक नेपाल बालबालिकालाई बचत गर्ने बानी बसाउन देशभरी अभियान सञ्चालन गर्ने भएको छ । बैंकले ‘नानीमा लागेको बानीः आज बचाउँ–जिन्दगीभरी रमाउँ’ नामक बचत योजना ल्याएको छ ।

mega_bankस्कूल तथा कलेज जाने विद्यार्थीहरुलाई लक्षित यो बचत योजना अन्तरगत साथमा जति पैसा छ त्यतिमा बैंक खाता खोल्न सकिने, बैंकले बचत खातामा दिदै आएको मध्ये सबैभन्दा बढी व्याज दिने जनाएको छ ।

‘हामी स्कूल तथा कलेजमा गएर विद्यार्थीहरुलाई बचत गर्दाको फाइदाबारे जानकारी दिन्छौं । खल्तीमा जति पैसा छ, त्यति रकम राखेर खाता खोल्न सकिन्छ । पैसा छैन भने शुन्य बचतमा पनि खाता खोल्न सकिन्छ । आफ्नो इन्छाअनुसार नियमित बचत गर्न सकिन्छ’ नयाँ योजना सार्वजनिक गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने–अहिले वार्षिक ४ प्रतिशत व्याज तोकेका छौं, अरु बचत खातामा दिने उच्चम व्याजदर ‘नानीमा लागेको बानी’ खातामा दिइन्छ ।’

अरुले रोपेको फल खान मात्र सिकेको तर फल दिने बिरुवा रोप्न नजानेको समाजलाई बिरुवा रोप्न सिकाउनु र आफूले रोपेको बिरुवाको फल खुवाउन सिकाउनु पर्ने उनले बताए ।

mega_bank_ltdयस बचत योजनामा बैंकले राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का र सिने अभिनेत्री प्रियाङ्का कार्कीलाई ‘ मेगा सेभिङ स्टार’ नियुक्त गरेको छ । ‘हामी स्कूल तथा कलेज वा समुदायमा गएर बचत गर्ने अभियान चलाउछौं । अनिल शाह आउने भनेर मान्छे जम्मा हुँदैनन्, क्रिकेट कप्पान पारस खड्का र सिने स्थार प्रियांका कार्की आउने भनेपछि मानिसहरु जम्मा हुन्छन् । त्यहा हामी गएर मानिसलाई बचत गर्दाको फाइदा सिकाउँछौं, मेगा बैंकमा खाता खोल्न भन्छौ’ शाहले भने । यो योजनाले ९५ प्रतिशत वालबालिकालाई आकर्षित गर्ने उनको भनाई छ ।

मेगा सेभिङ स्टार तथा क्रिकेट टिमका कप्तान पारसले खुत्रुकेमा हुने बचतलाई बैंकसम्म अपिल गर्ने बताए । ‘म सानो हुँदा दशैंको दक्षिणा संकलन गरेर व्याट किन्थे, त्यतिबेला मलाई बचत गर्ने ज्ञान भएन, अब म नानीबाबुलाई टिका लगाएर दिएको पैसा पनि बैंकमा राख्नुपर्छ भन्ने सन्देश दिन चाहान्छु’ उनले भने ।

अभिनेतृ कार्कीले मेगा बैंकले ल्याएको नानीमा लागेको बानी बचत योजनाबाट आफू निकै प्रभावित भएको र बालबालिकालाई बचत गर्न सिकाउँदा उनीहरुको भविस्यमा धेरै सहयोग हुने भएकोले यस योजनालाई सफल पार्न लाग्ने बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.