नेपाली बजारमा सुजुकी एक्सेस १२५ भित्रियो, मूल्य १ लाख ८९ हजार

  २०७३ भदौ १५ गते ८:०१     विकासन्युज

काठमाडौं, १५ भदौ । विशाल गु्रप अन्तर्गत भी.जी. अटोमोबाइल्सले भृकुटीमण्डपमा भइरहेको नाडा अटो शोबाट सुजुकी एक्सेस १२५ स्कूटर नेपाली बजारमा ल्याएको छ । भी.जी. अटोमोबाइल्सका मार्केटिङ्ग प्रबन्धक समित सिंहले भने, “सुजुकी एक्सेस १२५ ग्राहकको उत्कृष्ट छनोट हुनेछ । उत्कृष्ट बनावट, प्रविधि र अनुभवले सुजुकी एक्सेस १२५ नेपालको उत्कृष्ट बन्नेछ ।”

suzuki_access

सुजुकी एक्सेस १२५ संशोधित भई नयाँ बनावटमा आएको छ । हेड ल्याम्पमा थ्रिडी लोगो रहेको सुजुकी एक्सेस को अगाडि १२ इन्चको टायर, एलइडी टेल ल्याम्प जस्ता विशेषताहरु थप गरिएको छ । नयाँ सुजुकी एक्सेस १२५ १८७० मिलिमिटर लम्बाई, ६५५ मिलिमिटर चौडाई, ११६० मिलिमिटर उचाईको छ भने यसको तौल १०२ के.जी. रहेको कम्पनीले जनाएको छ । थप एक्सेसमा फराकिलो सिट र इजी स्टार्ट सिस्टमजस्ता अन्य विशेषताहरु पनि रहेका छन् ।

सुजुकी एक्सेसले कम इन्धन खपत गर्नुका साथै यसको ६४ कि.लि माइलेज रहेको छ । हाल स्कूटर ४ विभिन्न रङ्गहरुमा उपलब्ध छन् । कम्पनीका अनुसार बजारमा यसको मूल्य एक लाख ९ सय रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.