‘फास्ट ट्रयाक भारतलाई दिन माओवादीकै सहमति’, नेपालले आर्फैं बनाउने यस अघिको निर्णयमा धक्का

  २०७३ भदौ ८ गते १:५३     विकासन्युज

काठमाडौं ८, भदौ । सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र काठमाडौं तराई द्रुत मार्ग (फास्ट ट्रयाक)निर्माणको जिम्मेवारी भारतीय कम्पनीलाई दिन तयार रहेको पार्टीकै नेताहरुले खुलासा गरेका छन् ।
fast-track-national
यस अघि केपी ओलीको सरकारले आफैं बनाउने भनेको यो आयोजना प्रचण्ड सरकार आएपछि भारतीयलाई नै दिने खुलासा भइसकेको छ ।
सरकारको विशेष दूतका रूपमा नयाँदिल्ली पुगेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिमार्फत प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यस्तो सन्देश पठाएको ती नेताको दाबी गरेको खबर आजको कारोबार दैनिकमा छापिएको छ।

सहुलियतपूर्ण ऋण तथा मूल्य समायोजन नेपाल सरकारले नै बेहोर्ने गरी द्रुतमार्ग निर्माणको जिम्मा भारतीय कम्पनीलाई सुम्पने निर्णय सुशील कोइराला नेतृत्वको नेपाली कांग्रेसको सरकारले गरेको थियो।

मंगलबार स्वदेश फर्किएका निधिले पनि विभिन्न परियोजनाबारे भारतीय अधिकारीहरुसँग छलफल भएको विमानस्थलमा प्रतिक्रिया दिएका छन्। प्रधानमन्त्री दाहालले दुई देशबीचको सम्बन्ध सुधार्न भन्दै निधिलाई विशेष दूतका रूपमा भारत पठाएका थिए।

यस अघि पनि निधीले भारतीयलाई नै यो योजानाको निर्माण दिने विषयममै  चर्को लविङ गरेका थिए । निधी भारत जानासाथ यो योजना भातरीयलाई नै बनाउने दिने सहमति भएको समाचार आएको हो ।