२४ रुपैयाँको पेटीलाई १२ सयमा विक्री, उपभोक्तामाथि चरण ठगी

  २०७३ भदौ ६ गते २:०२     विकासन्युज

काठमाडौं ६, भदौ । व्यापारीले उपभोक्तालाई ठग्ने गरेको, बजारमा खुद्रा पसलमा जाँदा उपभोक्ता ठगिने गरेको गुनासो आइरहदाँ सरकार भने सधै मौन नै बस्ने गरेको घटना नेपालको लागि नयाँ होइन ।
पटकपटक उपभोक्ता ठगीएको गुनासो आउने गरेपनि ठगी गर्ने व्यवसायीमाथि कारवाही नहुँदा व्यवसायी मनोवल बढ्दैजाँदा उपभोक्ता ठगिने क्रमपनि रोकिएको छैन । belt-1
आपूर्ति मन्त्रालयले अनुगमन गर्दा व्यवसायीले २४ रुपैयाँमा किनेको पेटीलाई १२ सय रुपैयाँ लिएको फेला परेको छ । महाराजगन्जको सेलवेज डिपार्टमेन्ट स्टोरले २४ रुपैयाँमा किनेको पेटीलाई १२ सय रुपैयाँ लिएको सरकारी अनुगमन टोलीले फेला पारेको छ । हरेक अनुगमनमा कुन नै कुनै कर्तुत फेला पर्ने गरेको भएपनि सरकारी अनुगमन भने प्रभावकारी हुन सकेको छैन ।

उपभोक्ता ठगी गर्ने यस्ता फेन्सि पसलले हजारौं प्रतिशत नाफा लिएर सामान विक्री गर्ने गरेको आपूर्ति मन्त्रालयका प्रवक्ता आनन्द रेग्मीले बताए । उनका अनुसार दैनिक उपभोग्य बस्तुको तुलनामा फेन्सी पसल र लत्ता कपडामा अचाक्ली मूल्य लिने गरेको पनि उनले सुनाए । यस्तो चर्को मूल्य लिने सेलवेजलाई कारवाही गर्न मन्त्रालयले प्रक्रिया भने अगाडि बढाएको जानकारी दिएको छ ।

व्यपारिले ३७५ रुपैयाँको पाइन्टलाई २६ सय १० रुपैयाँ लिएको, ८५० को चस्मालाई ४४ सय ५० लिएर विक्री गरेको भेटिएको पनि अनुगमनमा सँगै गएका उपभोक्ता अधिकार अनुसन्धान मन्चका अध्यक्ष माधव तिमिल्सिनाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.