भीजी सुजुकीले बजार विस्तार आक्रामक बनाउने

  २०७३ साउन १९ गते ५:०९     विकासन्युज

काठमाडौं, १९ साउन । नेपालका लागि सुजुकी मोटरसाइकलको आधिकारिक बिक्रेता भीजी अटोमोबाइल्सले आक्रामकरुपले बजार विस्तार गर्ने भएको छ । भीजी सुजुकी डिलर सम्मेलन मार्फत कम्पनीले बजार विस्तारको नयाँ अभियान थाल्ने बताएको हो ।
vg_suzuki
कम्पनीको डिलर सम्मेलन भर्खरै काठमाडौंमा सम्पन्न भएको छ । सम्मेलनमा देशभरका ५६ डिलरहरु सहभागी थिए ।सम्मेलनमा गत वर्षमा भएको उपलब्धि र आगामी वर्षमा गरिने योजनाको बारेमा छलफल भएको थियो । कार्यक्रममा सुजुकी मोटर्स इण्डियाका प्रबन्ध निर्देशक शातोसी उचिडाको पनि उपस्थिति रहेको थियो ।

उनले डिलरहरुलाई उत्प्रेरित गर्दै भने, “सुजुकीका लागि नेपाल एउटा महत्वपूर्ण बजार हो र बिक्रिको मामिलामा पनि राम्रो गरिरहेको छ ।   सुजुकी मोटरसाइकल बजारमा आवश्यक पर्ने कुनै पनि सहयोग उपलब्ध गराउन सधैँ तयार रहेको छ ।” सुजुकी मोटरसाइकलको मार्केट शेयरको आधारमा बाग्लुङ्ग स्थित सुगम अटोमोबाइलले वर्षको उत्कृष्ट डिलर अवार्ड पाउन सफल रह्यो ।

भीजी अटोमोबाइल्सका प्रमुख कार्यकारी अधिकृत चिरन्जीवि शाहले थप स्पष्ट पार्दै भने,“यो सम्मेलन डिलरहरुले गरेको कडा परिश्रमप्रति आभार व्यक्त गर्न आयोजना गरेको हो । सुजुकी दुई पाङ्ग्रेको सफलता डिलरहरुले गर्दा हासिल भएको हो र हामी यो साझेदारी  सबल गर्न तत्पर छौँ ।”

भीजी अटोमोबाइल्सका कार्यकारी निर्देशक निकुञ्ज अग्रवालले भने,“सुजुकीले छोटो अवधिमै आपूmलाई दुई पाङ्ग्रे बजारमा परिचित गराउन सफल भएको छ । नयाँ उत्पादनको आगमन र ग्राहकको भरोसाले आउने वर्षमा सुजुकीको बजार  बढ्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.