सिभिल बैंकले युनिक फाइनान्सलाई एक्वार गर्ने, चुक्ता पूँजी ५ अर्ब पुग्ने

  २०७३ साउन १८ गते ११:४०     विकासन्युज

काठमाडौं, १८ साउन । सिभिल बैंकले युनिक फाइनान्स लिमिटेडलाई एक्वार (खरिद) गर्ने भएको छ । सम्झौता पत्रमा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ्ग र युनिक फाइनान्सका अध्यक्ष डा. बिनोद बहादुर खत्रीले हस्ताक्षर गरेका हुन् । मर्जरपछि बैंकको नाम सिभिल बैंक नै रहने तथा बैंकको हालकै संचालक समिति एवं उच्च व्यवस्थापन यथावत रहने बैंकले जनाएको छ ।

civil_acquire_unique_fin

युनिक फाइनान्सको २३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ । यसअघि २ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको इन्टरनेसनल लिजिङ एन्ड फाइनान्स कम्पनीबीच मर्जर पछी सिभिल बैंकको पुँजी ५ अर्ब ३१ करोड रुपैयाँ पुग्ने बैंकले जनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनका अनुसार उक्त मर्जरबाट बैंकको व्यवसाय गर्ने क्षमता वृद्घि भई केहि ठूला परियोजनाहरु लगायत उद्योग व्यवयसायमा थप लगानी गर्न सहज हुनेछ । बैंकले आगामी दिनहरुमा नयाँ तथा ग्राहकमुखी थप सेवाहरु पनि थप्दै लाने कुरा जनाएको छ ।

बैंकले २०७४ असाढ मसान्तसम्म बैंकको चुक्ता पुँजी ८ अर्ब पु¥याउन बोनस शेयर र हकप्रद शेयर जारी गर्ने भएको छ । साथै, अन्य बैंक तथा वित्तीयसँग गाभ्ने र गाभिने प्रक्रियालाई पनि साथ–साथै अगाडि बढाइने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.