स्मार्टफोनमा प्याट्रन लक वा पिन नंबर भुल्नुभयो, यी तरिकाहरु अपनाउनुस् प्याट्रन र लक खुल्छ

  २०७३ साउन १५ गते १६:३८     विकासन्युज

काठमाडौं। गल्तिले कहिलेकाहिँ तपाइको मोवाइलको लक वा प्याट्रन लक भयो भने  धेरै समयसम्म हैरान र दिमाग खराव हुन्छ। यो समस्या यस्ता व्यक्तिहरुलाई पर्छ जसले चाँडोचाँडो मोवाइलको प्याट्रन वा लक परिवर्तन गरिरहेका हुन्छन् र उनीहरुलाई त्यो सम्झिन गाह्रो पर्दछ।

स्मार्टफोन प्रयोगकर्ताहरु बिच अझैसम्म पनि फिङगर प्रिन्ट पासवर्ड लोकप्रिय भइसकेको छैन। स्मार्टफोनमा प्रयोग हुने फ्रि सफ्टवेयरहरुले पनि डेटाहरुलाई सुरक्षित राख्न सकिरहेका हुँदैनन्।
यदि तपाईको स्मार्टफोनको पिन वा पासवर्ड लक वा भुल्नुभयो भने तपाइसंग एउटा स्मार्ट विकल्प रहेको हुन्छ फ्याक्ट्रि रिसेट गर्ने।


तपाइलाई डेटाको भन्दा स्मार्टफोनको धेरै मायाँ लाग्छ भने तपाईले फ्याक्ट्रि रिसेटको गर्न सक्नुहुन्छ। तर यो समस्याको कमाधान गर्नका लागि अरु पनि उपायहरु रहेका छन्।
पासवर्ड भुलेको खण्डमा एन्ड्रोइडको डिभाइस मेनेजरमा तपाइको काम लाग्छ। स्मार्टफोनमा तपाइले गुगल एकाउन्ट लगअन गर्नुभएको छ भने त्यसको मद्दतले तपाइले एन्ड्रोइड डिभाइसलाई म्यानेज गर्न सक्नुहुन्छ।

त्यसपछि तपाइले स्कृनमा रहेको लक बटनलाई क्लिक गर्नुहोस त्यसपछि उसले तपाइलाई नयाँ पासवर्ड राख्नका लागि विकल्प दिन्छ। पाँच मिनेटपछि पासवर्ड परिवर्तन हुन्छ।

तपाई प्याट्रन लकको प्रयोग गर्नुहुन्छ भने  एन्ड्रोइड डिभाइमा फिङ्गरप्रिन्ट प्यार्टनका लागि एक विकल्प हुन्छ। तपाइले पाँचपटक गलत प्याट्रन लगाउनुभयो भने स्किृनमा ३० मिनेटमा पुन प्रयास गनुहोस भनेर देखाउँछ।
यसपछि तल फरगेट प्याट्रन भनेर लेखिएको हुन्छ। त्यसमा क्लिक गर्नुहोस र त्यसपछि गुगलको एकाउन्टको डिटेल भर्नुहोस त्यहाँ तपाइलाई गुललले तपाइलाई एमेल गर्दैन।

सेफ मोडमा पनि तपाइले स्मार्टफोनलाई बुट गर्न सक्नुहुन्छ। यो तरिकावाट पनि तपाइले स्क्रिन लकको हल निकाल्न सक्नुहुन्छ। तर यसका लागि तपाइले पहिले नै स्क्रिन लकका लागि एप डाउनलोड गरेको हुनुपर्दछ।
अझ तपाइलाई कुनैपनि डेटा चाहिँदैन भने तपाइले एन्ड्रोइड फोनको होम बटन, पावर वटन र भोल्युम अप कि एकैचोटि थिच्नुहोस तपाइको कुनै पनि पासवडै वा फिङ्गरप्रिन्ट बाँकि रहदैन। त्यसपछि तपाइले यसलाई फेरी प्रयोग गर्न सक्नुहुनेछ।

एजेन्सीको सहयोगमा

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.