एनएमबि बैंकको ‘एक घर एक खाता’ योजना शुरु

  २०७३ साउन ४ गते १०:५३     विकासन्युज

काठमाडौं, ४ साउन । एनएमबि बैंकले एक घर एक खाता योजनाको शुभारम्भ गरेको छ । बैंकका अनुसार  हरेक नेपालीको बैंकमा एक खाता होस् र हरेक नेपालीलाई सरल वित्तीय पहुँच पुगोस् भन्ने यस योजनाको उद्देश्य रहेको छ ।
nmb_bank
“आत्मनिर्भर नेपालको साथमा एनएमबि बैंक” अभियानलाई नै निरन्तरता दिदै बैंकले एक घर एक खाता योजना संचालनमा ल्याएको हो । यस योजनाले गर्दा नेपालीमा वित्तीय साक्षरताको वृद्धि हुने, बचत गर्ने बानीको विकास हुने तथा हरेक नागरिकलाई वित्तीय प्रणालीमार्फत् कारोवार गराउन समेत टेवा पुग्ने बिश्वास बैंकले लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.