कन्ट्री डेभलपमेन्ट बैंकले ७ दशमलब २५ प्रतिशत बोनस सेयर दिने

  २०७३ साउन ३ गते ८:३४     विकासन्युज

काठमाडौं, ३ साउन । कन्ट्री डेभलपमेन्ट बैंकले सेयरधनीलाई ७ दशमलब २५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । बैंकले हालको चुक्ता पूँजी ३३ करोड २८ लाख रुपैयाँको ७.२५ प्रतिशतका दरले २ करोड ४१ लाख २८ हजार रुपैयाँ बोनस सेयर दिने निर्णय गरेको हो ।

उक्त निर्णय बैंकको आगामी साउन २९ गते हुन लागेको आठौँ साधारणसभाले पारित गर्नेछ । सभाले पारित गरेपछि मात्र सेयरधनीले सो लाभांश पाउने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.