सोसाइटी डेभलपमेन्ट बैंकको शाखा अब बीरगंजमा

  २०७३ असार ३१ गते ८:४८     विकासन्युज

काठमाडौं, ३१ असार । सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेडले बीरगंजको आदर्शनगरमा शाखा स्थापना गरेको छ । बिहीवार एक कार्यक्रमबीच बैंक संचालक समितिका अध्यक्ष सुशिलराज पराजुलीले उक्त शाखाको उद्दघाटन गरका हुन् ।

society_dev_bankकार्यक्रममा अध्यक्ष पराजुलीले बैंकको उक्त शाखाबाट सरल तथा स्तरीय बैंकिङ सेवा उपलब्ध गराउने बताए । बैंकले आफ्ना सबै शाखाबाट निक्षेप,कर्जा सुविधाका साथै एटिएम, एविविएस,मोवाइल बैंकिङलगायत सेवा उपलब्ध गराउदै आएको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

हालसम्म बैंकले ३० ओटा शाखा कार्यालय र एउटा एकस्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकको चुक्ता पूँजी ८९ करोड ७९ लाख रुपैयाँ र निक्षेप ७ अर्व १६ करोड रुपैयाँ र कर्जा रकम ५ अर्व ८८ करोड रुपैयाँ रहेको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.