सगरमाथा इन्स्योरेन्सको २३ प्रतिशत बोनस सेयर पास

  २०७३ असार २९ गते ९:२८     विकासन्युज

काठमाडौं, २९ असार । सगरमाथा इन्स्योरेन्स कम्पनीले आफ्ना सेयरधनीलाई २३ दशमलब ७५ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, बैंकले कर प्रयोजनको लागि एक दशमलब २५ प्रतिशत नगद लाभांश दिने भएको छ ।

sagarmatha_agm

उक्त निर्णय मंगलबार बसेको कम्पनीको १९औँ वार्षिक साधारणसभाले पारित गरेको हो । अध्यक्ष रामकृष्ण मानन्धरको सभापतित्वमा सम्पन्न भएको सभाले अधिकृत पुँजी ५० करोड रुपैयाँलाई बढाएर एक अर्ब ५० करोड रुपैयाँ पुर्याउने प्रस्ताव पारित गरेको छ । साथै, सभाले जारी पुँजी ४० करोड रुपैयाँलाई बढाएर एक अर्ब रुपैयाँ कायम गर्ने बैंकको प्रस्तावलाई पारित गरेको छ ।

कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म १० करोड ६५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको बैंकले जनाएकोे छ । हाल ३५ करोड ६५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको बोनस सेयर पश्चात् ४४ करोड ११ लाख रुपैयाँ पुँजी कायम गर्ने बैंकले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.