सरकारी ढुकुटीमा साढे ३ खर्ब पुग्यो

  २०७३ असार १३ गते ५:०२     विकासन्युज

काठमाडौं, १३ असार । सरकारले अत्याधिक रकम खर्च नगरी ढुकुटीमा थन्क्याएर राखेको छ । राजस्व तथा अन्य कर र शुल्कको माध्यमवाट सरकारी कोषमा जम्मा भएको रकम खर्च नगरी ढुकुटीमा थुपारिएको हो ।

नेपाल राष्ट्र बैंकले दिएको जानकारी अनुसार गत जेठ मसान्तसम्ममा सरकारले आफ्नो ढुकुटीमा २ खर्ब १७ अर्ब रुपैयाँभन्दा बढी रकम ढुकुटीमा राखेको छ । विकास निर्माणका कार्यले गति लिन नसक्दा र सरकारी खर्च थप कमजोर हुदा ढुकुटीमा रकम बढेको हो ।

यस्तै पछिल्लो समयमा बाणिज्य बैंकहरुमा निक्षेप पनि उल्लेख्य मात्रामा बढेको छ । सो अवधिसम्ममा बाणिज्य बैंकहरुका १ खर्ब ३२ अर्ब ४० करोड रुपैयाँ नेपाल राष्ट्र बैंकमा पुगेर थन्किएको छ ।

यो दुबै गरी झण्डै साढे ३ खर्ब रुपैयाँ विना प्रयोजन सरकारी ढुकुटीमा बसेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.