‘नेपाल बैंकक फेस्टिवल २०१६’ राजधानीमा हुँदै, आयोजना असोज १४ गतेदेखि शुरु

  २०७३ असार १० गते ११:०२     विकासन्युज

काठमाडौं, १० असार । नेपाल बैंकक फेस्टिवलको ‘नेपाल बैंकक फेस्टिवल २०१६’ आगामी असोज १४ गतेदेखि राजधानीमा आयोजना हुने भएको छ । नेपाल र थाइल्याण्डबिचको द्धिदेशीय सम्बन्ध बिस्तार गर्ने लक्ष्यका साथ सो आयोजना गर्न लागेको आयोजकले बताएका छन् ।

सो आयोेजना सियाम लंचंग बैंककले आगामी असोज १४ गते शुक्रबारदेखि १८ गते मंगलबारसम्म गर्न लागेको हो । नेपाल बैंकक फेस्टिवल २०१६ मा नेपाल र बैंककका गरि १ सय ५० भन्दा बढी व्यवशायिक प्रतिष्ठानहरुको सहभागिता रहने छ । नेपालका लागि थाई राजदुताबास तथा ललितपुर उधोग वाणिज्य संघ को विशेष सहयोगमा सम्पन्न हुन गैरहेको यस फेस्टिवलको मार्केटिंग पार्टनर गुड नेटवर्क तथा मार्केटर रहेका छन् ।

शुक्रबार राजधानीमा बसेको पत्रकार सम्मेलनमा नेपालका लागि थाई राजदुत भुट्टि भुट्टिसेन्टले काठमाडौंमा हुन लागेको फेस्टिवलले दुई देशका बिचमा व्यवशायिक सम्बन्ध बिस्तारमा महत्वपुर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् । राजदुत भुट्टिसेन्टले दुई मुलुकबिच अहिले कायम रहेको व्यवशायिक सम्बन्ध बिस्तार गर्दै नेपालमा थाइल्याण्डको लगानी भित्र्याउनका लागि पनि फेस्टिवलले टेवा पुर्याउने अपेक्षा गरेका छन् । साथै आफु र राजदुतावासले आपसी समन्वय गरेर नेपालको पर्यटन प्रर्बद्धनका लागि विशेष सहयोग गर्ने प्रतिबद्धता पनि राजदुत भुट्टिसेन्टले जनाए ।

सिन्थेसिस एक्जिवसन्स एण्ड इभेण्ट्स प्रालिको व्यवस्थापनमा काठमाण्डौंको भृकुटिमण्डपस्थित प्रदर्शनी कक्षमा आयोजना हुने फेस्टिवलमा हुने नेपाल र बैंककका व्यवशायीहरुले आफ्ना उत्पादनहरुको प्रदर्शन तथा बिक्रि बितरण गर्नेछन् । विभिन्न विधाका उत्पादनहरु तयारी पोशाक, प्लाष्टिकजन्य उत्पादन, सेरामिक्स, खाद्यान्न तथा खाद्य पदार्थ, छालाजन्य उत्पादन, टेक्सटाइलका उत्पादन, औषधिजन्य उत्पादन, सौन्दर्य सामग्री, जुत्ता चप्पल, विद्युतीय सामग्री र अन्य सामग्री फेस्टिवलको आकर्षणका रुपमा रहने छन् । त्यसै गरि हस्तकलाका उत्पादन, तयारी खाद्य सामग्री, प्रविधिजन्य सेवा सुविधा तथा पर्यटन सम्बन्धी वस्तु तथा सेवा एक्स्पोका अवलोकनकर्ताको आकर्षण बन्ने छ ।

फेस्टिवलमा नेपालका तर्फबाट पनि व्यवशायीहरुले बैंकक आयात गर्न चाहनेहरुलाई लक्षित गर्दै आफ्ना उत्पादनहरुको प्रदर्शनी तथा बिक्री बितरण गर्ने छन् । जसले नेपालमा उत्पादित वस्तु तथा सेवाको पहुँच बैंकक पुर्याउन र नेपाली उत्पादनको निर्यात प्रवद्र्धन गर्न सहयोग पुर्याउने छ । यसका अलावा नेपाल र बैंककबिच पछिल्लो समय विकास भएका प्रविधि आदान प्रदान गर्न पनि फेस्टिवलले महत्वपुर्ण योगदान पुर्याउने आयोजकको विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.