बेलायत यूरोपियन यूनियनबाट बाहिरयो, विश्व बजारमा नैराश्यता, पुँजी बजारमा गिरावट

  २०७३ असार १० गते ९:५३     विकासन्युज

काठमाडौं, १० असार ।  बेलायत युरोपियन युनियनबाट बाहिरिने भएको छ । गएराति भएको ऐतिहासिक जनमतसंग्रहमा युरोपेली संघबाट बाहिरिनुपर्ने पक्षले ५१.९ प्रतिशत मत ल्याएको छ भने इयुमै आवद्ध रहनुपर्ने पक्षले ४८.१ प्रतिशत मत हासिल गरेको छ ।
result
लण्डन र स्कटलण्डले इयुमा नै रहने पक्ष बहुमत आएको छ । तर उत्तरी ब्रिटेनमा इयुबाट वाहिरीने पक्षमा बहुमत आएको छ ।

युकेआइपीका नेता नाइजल फराजले परिणामको स्वागत गर्दै त्यसलाई ब्रिटेनको स्वतन्त्रताको दिनको संज्ञा दिएका छन् ।

२० वर्षदेखि इयुबाट अलग हुनुपर्ने पक्षमा अभियान चलाइरहेका युकेआइपीका नेता नाइजल फराजले समर्थकहरुलाई सम्बोधन गर्दै भनेका छन्, ‘यो साधारण र सभ्य जनताहरुको विजय हो ।’

मतदान सकिएपछि इयुमै रहने पक्षले जित्ने अनुमान गरेको फराजले जुन २३ तारिखलाई स्वतन्त्रता दिवसका रुपमा इतिहासले सम्झने बताएका छन् ।

camrun
तर बेलायतका प्रधानमन्त्री डेविड क्यामरुनले पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

विश्वमा त्रास

बेलायतका जनताले यूरोपबाट अलग हुने पक्षमा गरेको मतदान परिणामले विश्वलाई त्रसित बनाएको छ । सम्पत्ति बजारमा लगानी गर्ने लगानीकर्ता आत्तिएका छन् । सेयर बजार र मुद्रा बजार घटेको छ ।

बेलायतको मुद्रा पाउन्डको मूल्य डलरको तुलनामा सन् १९८५ यताकै तल्लो बिन्दुमा खसेको छ । जापान, चीन, भारत लगायत विश्वको ठूला अर्थतन्त्र भएको देशहरुको सेयर बजारमा भारी गिरावट आएको छ । बेलायतमा सेयर बजार बन्द भएकोले मूल्य असर देखिएको छैन ।

लामो प्रक्रिया

२८ वटा राष्ट्र सम्मिलित युरोपेली संघबाट बेलायतको बहिर्गमन तत्कालै हुने छैन् । उक्त प्रकिया पूरा हुन न्युनतम दुई वर्ष लाग्नेछ । यूरोपियत यूनियनका २७ राष्ट्रले बेलायतको जनमत संग्रहको प्ररिणामबारे औपचारिक धारणा सार्वजनिक गरेको छैन । अनौपचारिक छलफलमा यूनियनको सदस्य रहिरहन आग्रह गर्ने विषयमा छलफल भईरहेको यूनियन अध्यक्षले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.