७४ हजार भूकम्प पीडितसँग अनुदान सम्झौता, एक हप्ता भित्रै ५० हजार पाउने

  २०७३ जेठ ३० गते १२:०२     विकासन्युज

काठमाडौं, ३० जेठ । सरकारले ७४ हजार ४ सय ८१ जना भूकम्प पीडितसँग अनुदान सम्झौता सम्पन्न गरेको छ । राष्ट्रिय पूननिर्माण प्राधिकरका अनुसार यसरी अनुदान सम्झौता सम्पन्न गरिएका पीडितहरुको बैंक खातामा एक हप्ताभित्रै निजी घर निर्माणका लागि सरकारले उपलब्ध गराउने पहिलो किस्ता वापतको ५० हजार जम्मा हुनेछ । सरकारले भूकम्पका कारण पूर्णरुपमा घर क्षति भएका पीडितलाई तीन किस्तामा दुई लाख रुपैंयाँ उपलब्ध गराउँदैछ ।
house
प्राधिकरणका अनुसार उपत्यका बाहिरका भूकम्प अतिप्रभावित ११ जिल्लामा सम्बन्धीत गाउँ विकास समितिका सचिव र पीडितबिच अनुदान सम्झौता भएको हो । रामेछापमा ३१ हजार ८ सय ४ जनासँग अनुदान सम्झौता भएको छ भने दोलखामा १५ हजार पाँच सय ९४ परिवारसँग अनुदान सम्झौता सम्पन्न भएको छ । त्यस्तै धादिङमा २० हजार ९८ परिवार र नुवाकोटमा सात सय परिवारसँग अनुदान सम्झौता सम्पन्न भएको छ । गोरखामा चार हजार ८ सय ५०, सिन्धुपाल्चोकमा तीन हजार, काभ्रेमा ९ सय ५० र सिन्धुलीमा ११ सय परिवारसँग अनुदान सम्झौता सम्पन्न भएको छ ।

त्यस बाहेक ओखलढुंगामा १४ हजार दुई सय २, रसुवामा दुई सय ८ र मकवानपुरमा १० परिवारसँग अनुदान सम्झौता सम्पन्न भएको छ । प्राधिकरणका प्रवक्ता राम प्रसाद थपलियाका अनुसार रामेछाप र ओगंलढुंगामा सम्झौता अन्तिम चरणमा पुगिसकेको छ । रामेछापको ४३ र ओखलढुंगाको ४६ गाबिसमा अनुदान सम्झौता सम्पन्न भैसकेका छन् । बाँकी ११ जिल्लामा भने द्रुतगतिमा अनुदान सम्झौता अघि बढिरहेको प्रवक्ता थपलियाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.