कलर्सको पि५० बजारमा, मुल्य ७४९५ रुपैंयाँ

  २०७३ जेठ २८ गते ८:०४     विकासन्युज

काठमाडौं, २८ जेठ । कलर्स मोबाइलले एक्स फ्याक्टर प्राइड सिरिज अन्तर्गत प्राइड पि५० स्मार्टफोन बजारमा भित्र्याएको छ ।
नयाँ मोबाइलमा अन्य एण्ड्रोइड फोनमा भन्दा अहिले सम्म कै नयाँ एण्ड्रोइड ओपेरटिङ सिस्टम मार्शमल्लो रहेको कम्पनीले जनाएको छ । यो फोन हालसम्मकै ठुलो फोन भएको पनि कम्पनीले दावी गरेको छ । ५० प्रतिशत कम इन्टरनेट डाटा खर्च हुने कलर्स लाइट यसमा रहेको छ ।

Bikashnews.com
कलर्स एक्स फ्याक्टर प्राइड पि५० मा ५ इन्चको ठुलो एचडि आइपिएस स्क्रिनका साथ २२०० एमएएचको ब्याट्री प्रयोग गरिएको छ । साथै यसमा १ जिबी ¥याम प्लस ८ जिबी रोम, ३२ जिबीसम्म बढाउन सकिने मेमोरो कार्ड रहेको छ । १ दशमलब ३ गेगाहर्ज क्वाड कोर प्रोसेसर एवं पछाडी ५ मेगापिक्सल र अगाडी २ मेगा पिक्सल क्षमताको क्यामरा रहेका छन् ।

नयाँ एण्ड्रोइड ओपेरटिङ सिस्टम मार्शमल्लो ललिपप ६ दशमलब शुन्य संचालन प्रणाली, दुई वटा सिम र ओटिएले चल्ने खालको छ । पि ५० को बजार मुल्य मात्र भने सात हजार ४ सय ९५ रुपैंयाँ पर्छ । कलर्स मोबाइलका बजार प्रबन्धक राजजंग थापाले नयाँ मोबाइलले उपभोक्ताको मन जित्ने अपेक्षा व्यत्त गरे ।

टेलिटक प्रालिका प्रमुख कार्यकारी अधिकृत सन्जय अग्रवालले पनि पि५० ले स्मार्ट फोनका पारखीहरुलाई नयापनको अभाष दिने बताए ।
नेपालमा कलर्स मोबाइल प्रयोगकर्ताहरुको संख्या २० लाख रहेको कम्पनीको दावी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.