नयाँ घर बनाउन बीमा गराउनै पर्ने, नक्सापासमा २० हजारसम्म छुट

  २०७२ चैत २३ गते ११:२६     विकासन्युज

काठमाडौं, २३ चैत । काठमाडौं उपत्यकामा नयाँ घर बनाउदा अनिवार्य रुपमा बीमा गराउनै पर्ने नियम ल्याउन लागिएको छ । गत बर्षको विनासकारी भूकम्पले ठूलो मात्रामा घर भत्किएपछि जोखिम कम गर्न भन्दै यस्तो ब्यवस्था गर्न लागिएको छ । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले नेपाल सरकारलाई यस्तो सिफारिस गरेको हो । आगामी आर्थिक बर्षको बजेट मार्फत नयाँ घर बनाउदा बीमा अनिवार्य गर्नुपर्ने ब्यवस्था ल्याउन समितिले अर्थमन्त्रालयलाई सुझाव दिएको छ । समितिले बजेटवारेको आफ्नो सुझावमा यस्तो विषय समेटेको समितिको उच्च स्रोतले जानकारी दिएको छ ।

‘अब नयाँ घर बनाउने नक्सा पास गर्दा बीमा अनिवार्य गराउने ब्यवस्था गर्न सिफारिस गरेका छौं, हाम्रो सिफारिस कार्यान्वयन भएमा बीमा गराउने ब्यक्ति र बीमा क्षेत्र दुबैलाई ठूलो फाइदा हुनेछ,’ समितिका एक अधिकारीले भने ।

समितिले बीमा गराएको कागजात पेश गरेर नक्सा पास गर्ने ब्यक्तिहरुलाई नक्सापासमा केही शुल्क छुट दिन पनि प्रस्ताव गरेको छ । समितिले अर्थमन्त्रालयलाई दिएको सुझावमा बीमा गराएर नक्सा पासको स्वीकृति लिने ब्यक्तिहरुलाई २० हजार रुपैयाँसम्म शुल्क कम गरिदिन भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.