२ उपप्रधानमन्त्रीसहित आठ सदस्यीय मन्त्रिपरिषद् गठन

  २०७२ असोज २५ गते १३:४५     विकासन्युज

२५ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सात सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । मन्त्रिपरिषद्मा दुई जना उपप्रधानमन्त्री छन् ।

उपप्रधानमन्त्रीमा कमल थापा र विजय गच्छदार छन् । थापाले उपप्रधानसहित परराष्ट्र र गच्छदारले उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात ब्यवस्था मन्त्रालयको जिम्मेवारी सम्हाल्ने बताइएको छ ।

यस्तै मन्त्रीहरुमा अग्नि खरेल,सोमप्रसाद पाण्डे, सत्यनारायण मण्डल, हरिबाल गजुरेल र रामकुमार सुब्बा छन् । खरेल, पाण्डे र मण्डल एमालेको तर्फवाट मन्त्री बनेका हुन् भने गजुरेल एमाओवादीको तर्फवाट मन्त्री बनेका हुन् । सुब्बा भने राप्रपा नेपालका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.