बजारको प्रवृत्ती र तीनमा अपनाउनु पर्ने रणनीति

  २०७१ फागुन ९ गते ९:४०     विकासन्युज

बजारमा बिभिन्न प्रवृत्तीहरु देखा पर्छन । भनिन्छ हरेक प्रवृत्ती तपाईको साथी हुनसक्छ अर्थात् इच ट्रेण्ड इज योर फ्रेण्ड । तल बजारका केही प्रवृत्ती बारे जानकारी दिने कोशिस गरेका छौ। यी प्रवृत्तीलाई बुझ्न सकेमा यी तपाईको साथी हुनसक्छ । बुझ्न नसके हरेक प्रवृत्तीमा जोखिम पनि व्यहोर्न पर्ने हुनसक्छ ।

ब्रेक आउट

ब्रेक आउट्स बिन्दुले परिसुचक वा सेयरको मूल्य पुर्व निर्धारित तह बारे जानकारी दिन्छ । यसमा सुचक वा सेयरको मूल्यले निश्चित बिन्दुलाई तोड्न सक्छ र त्यसपछि निश्चित दिशामा अगाडी बढ्न सक्छ भन्ने मान्यता राखिएको हुन्छ ।

बे्रक आउट बिन्दुलाई सजिलोसंग बुझ्न सुचक वा मूल्यको रेखाचित्रले बनाउने टेवा र प्रतिरोध बिन्दु बारे जानकारी हुनुपर्दछ । सामन्यता ब्रेक आउट बिन्दु सुचक वा मूल्यले हालै बनाएको उच्च र न्युन बिन्दुलाई हेरेर यकिन गर्न सकिन्छ । उच्च वा न्युन बिन्दुलाई पार गर्नु नै ब्रेक आउट बिन्दु हो । लगानीकर्ताले यो ब्रेक आउट बिन्दु कट्नुभन्दा ठिक अगाडी वा कट्ने वित्तीकै लगानी गर्न सकेमा सुचक वा मूल्यमा स्वतस्फुर्त रुपमा हुने वृद्धिले लाभ पाउन सक्छन ।

तर कहिले कही यही उच्च बिन्दुलाई छोएर बजारले फर्किन वा घट्न सक्छ । न्युन विन्दुमा पुगेर पनि बजार नफर्कि , बढ्न नथालेर घट्ने क्रममा नै रहन सक्छ । त्यसैले बजारमा यी तहमा पुग्दा उत्साह देखिएको छैन, लगानी बढेको छैन भने यी बिन्दुलाई नपछ्याउनु बुद्धिमानी हुन्छ ।

रिट्रेसमेन्ट

सुचक वा सेयर मूल्यले कति रिट्रेस गर्यो अर्थात् नजिकको उचाईबाट कति घट्यो वा नजिकको न्युन बिन्दुबाट कति बढ्यो भन्ने जानकारी दिन्छ । यो पत्ता लगाउनु सबै लगानीकर्ताहरुको लागि सम्भव नहसन सक्छ । यसले निश्चित दिशामा अगाडी बढेको सुचक वा सेयरको मूल्य केही समयको लागि फकिर्न सक्छ वा सरासर अगाडी बढ्न सक्छ भन्ने जान्न सहयोग गर्छ । रिट्रेसमेन्ट बिन्दु पत्ता लागाउन सक्ने लगानीकर्ताले सुचक फर्किदा पहिलेदेखि गरेको लगानीबाट नाफा सुरक्षित गर्न वा नया लगानी थप्न तथा बजारमा पस्न सहयोग पुग्दछ ।

समन्यता रिटे«समेन्स निर्धारण गर्ने अलग गणितिय बिधि तथा तरिका पनि छन । तर सामन्य लगानीकर्ताले भने यसलाई समान्य तरिकाले पनि बुझ्न सक्छन । जस्तो कि कुनै आर्थिक गतिविधि वा निर्णयहरुको कारण बढिरहेको बजारमा लगानीकर्ताहरु अन्यौल वा डरको कारण सेयर बिक्री गर्न थालेमा बजार एकाएक घट्छ । यसले बजारमा रिटे«समेन्ट उत्पन्न गर्छ । यो अवधिमा यदी बजारमा आधारभुत पक्षमा कुनै परिवर्तन भएको छैन भने लगानी बढाउदा फाइदा लिन सकिन्छ । तर यदी बजारको आधारभुत पक्षलाई हेर्दा बजार पुरानो अवस्थामा फर्किन पर्ने यथेष्ठ कारण देखिदैन भने यस्तो बेला कारोबार नगर्नु नै ठिक हुन्छ ।

प्रवृत्ती परिवर्तन

एक दिशामा गइरहेको बजारले अर्काे दिशा समात्नुलाई प्रवृत्ति परिवर्तन गरेको भनेर बुझ्नु पर्छ । यसको लागि बजारको रेञ्ज (मूल्य वा सुचक घटबढ बीचको अन्तर) कस्तो छ, बजार साइडवेजमा (निश्चित अंक भित्र रहेर घटबढ हुनु, जस्तो निश्चित अवधिसम्म ८५० देखि ८७० मै सुचक तलमाथी गरिरहनु) छ कि वा कुनै स्पष्ट दिशा देखिएको छैन, ध्यान दिनु पर्दछ । यसक्रममा बाउन्स ( सुचक झेरर फर्किनु) लाई पनि ध्यान दिनु पर्दछ । बाउन्सले भने छोटो अवधिको लागि हुन्छ र यसमा अल्पकालिन लगानीकर्ताले फाइदा लिन सक्छन ।
बजारमा रेञ्ज साघुरिदै जान थाले बजारले प्रवृती परिवर्तन गर्छ । त्यस्तै, बजार साइडवेजमा रहदा यो प्रवृति बढेर टुगिंए बजार थप बढ्छ र घटेर टुगिंए थप घट्छ । पुरानो उच्च र न्युन बिन्दु, पिभट बिन्दुले निर्धारण गरेको टेवा र प्रतिरोध बिन्दुले पनि प्रवृत्ति परिवर्तनको संकेत दिन्छ ।

प्रस्तुती  विजयराज खनाल 

  बिभिन्न सन्दर्भ सामाग्रीको सहयोगमा 

                                                 

                                                                                                                                                                                                        

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.