बैतडीमा रास्वपाका हरिमोहन भण्डारीलाई पच्छाउँदै एमालेका दामोदर भण्डारी, मतान्तर जम्मा १०८
बैतडी । बैतडीमा जारी मतगणनाको पछिल्लो परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हरिमोहन भण्डारीलाई नेकपा एमालेका दामोदर भण्डारीले पच्छाएका छन् । प्राप्त विवरणअनुसार हरिमोहन भण्डारीले ६ हजार ५६२ मत प्राप्त गरेका छन् भने दामोदर भण्डारीले ६ हजार ४५४ मतका साथ कडा टक्कर दिइरहेका छन् । यी दुई उम्मेदवारबीचको मतान्तर निकै कम छ । नेपाली कांग्रेसका चतुरबहादुर चन्दले ५ हजार ५१६, नेपाली कम्युनिस्ट पार्टीका परमानन्द भट्टले २ हजार ७१० र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का भुपेन्द्र बहादुर चन्दले ४६४ मत प्राप्त गरेका छन् ।
झापा ५ मा ३८ हजार ५१७ मत गणना गर्न बाँकी
काठमाडौं । झापा ५ मा ३८ हजार ५१७ मत गणना गर्न बाँकी रहेको छ । फागुन २१ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा झापा ५ मा १ लाख ६ हजार ३७२ मत खसेको थियो । बालेन्द्र शाहले भारी मतले अग्रता कायम गरेका छन् । उनले ४२ हजार ५४३ मत प्राप्त गरेका छन् । नेकपा एमालेका केपी शर्माले ११ हजार ४२७ मत प्राप्त गरेका छन् । त्यसैगरी, श्रम संस्कृतिका समीर तामाङले ७ हजार १०७ मत पाएका छन् । नेपाली कांग्रेसकी मन्थरा चिमाेरियाले १ हजार २०२, नेकपाका रन्जित तामाङले ९९६ र राप्रपाका लक्ष्मीप्रसाद संग्रौला ९११ मत ल्याएका छन् ।
तनहुँ १ मा स्वर्णिम वाग्ले भारी मतले अगाडि
काठमाडौं । तनहुँ १ मा रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता कायमै गरेका छन् । उनले ३४ हजार २५४ मत पाएका छन् । नेपाली कांग्रेसका गोविन्द भट्टराईले १४ हजार ६११ मत पाएका छन् । एमालेकी भगवती न्यौपानेले ४ हजार ७९१ र नेकपाका विद्यानाथ ढकालले २ हजार ३१६ मत पाएका छन् ।