दुई महिनामा २० करोडका स्काभेटर नष्ट, सुरक्षाकाे माग गर्दै निर्माण व्यवसायी सिँहदरवारमा
काठमाडौं । माघ १० गते मोरङको मिक्लाजुङ गाउँपालिका अन्तर्गतको आइतेबारीमा तीन स्काभेटरमा आगजनी गर्दा ३ करोड ५० लाख रुपैयाँको क्षति भयो । सोही दिन झापाको सेतुमारीमा पनि अज्ञात समूहको आगजनीबाट शर्मा एण्ड कम्पनीको स्वामित्वमा रहेको एक स्काभेटरमा पूर्ण क्षति र अर्कोमा आंशिक क्षति भयो । यस्तै, मध्यपहाडी लोकमार्ग अन्तर्गत भोजपुरको दिक्तेल सडकखण्डमा निर्माण कार्य गरिरहेका गोल्डेन ग्रुपको स्वामित्वमा रहेको ४ थान स्काभेटरमा आगजनी हुँदा करिब ४ करोड रुपैयाँ बराबरको क्षति भयो । यी त केही उदाहरण मात्र हुन् । पछिल्लो दुई महिनाको अवधिमा निर्माण व्यवसायीका २० स्काभेटरमा अज्ञात समूहबाट आगजनी भएको छ । नेपाल निर्माण व्यवसायी महासंघका अनुसार २० वटा स्काभेटरमा भएको आगजनीबाट करिब २० करोड रुपैयाँ क्षति भएको हो । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले छोटो समयमा यति धेरै स्काभेटरमा आगजनी हुनु निर्माण व्यवसाय र समग्र देशका लागि सुखद नभएको बताए । ‘देश निर्माणको अभियानमा जुटेका निर्माण व्यवसायीलाई प्राेत्साहन गर्नुका साटो उल्टै डर धम्की र त्रासको वातावरण छ, आयोजना निर्माणका लागि फिल्डमा राखेका सामाग्रीमा आगजनी गरेर कसरी देश निर्माण हुन्छ,’ उनले भने । पूँजीगत वर्ष तर्फको राष्ट्रको बजेटको करिब ६५ प्रतिशत खर्च गर्ने निर्माण क्षेत्रलाई अझ बढी जिम्मेवार, जवाफदेही, अधिकार र कर्तव्यको सुनिश्चितता गरी व्यवस्थित नबनाईदासम्म यो क्षेत्रको विकास सम्भव नभएको उनको भनइ छ । यसरी निर्माण व्यवसायीहरुको सामाग्रीहरुमा पटक– पटक आगजनी र डर धम्कीले निर्माण व्यवसायी त्रसित भएको सिंहले बताए । निर्माण उद्याेग र तिनका उपकरणहरुमाथि आगजनी तथा बम विस्फोटन भएकाे उद्योगीहरूले बताउँदै उनले व्यवसायीहरुलाई शान्ति सुरक्षा र उचित क्षतिपूर्तिको लागि सम्बन्धित निकायहरुमा पहल गर्नका लागि विकास तथा प्रविधि समितिसामु आग्रह समेत गरेका छन् । देशभरका करिब १५ हजार भन्दा बढी निर्माण व्यवसायीहरु रहेको महासंघलाई यसरी विभिन्न कारणले त्रसित गर्नु उचित नभएको बताउँदै उनले निर्माण व्यवसायीबिना देशको समृद्धि असम्भव रहेको बताए । यसरी निर्माण व्यवसायीहरुको सामाग्रीहरुमा पटक– पटक आगजनी र डर धम्कीले निर्माण व्यवसायी त्रसित भएको सिँहले बताए । निर्माण उद्योगीहरुका र तिनका उपकरणहरुमाथी आगजनी तथा बम विस्फोटन उद्योगीहरूको भएको बताउँदै उनले व्यवसायीहरुलाई शान्ति सुरक्षा र उचित क्षतीपूर्तीको लागि सम्बन्धीत निकायहरुमा पहल गर्नका लागि विकास तथा प्रविधि समितिसामु आग्रह समेत गरेका छन् । देशभरका करिब १५ हजार भन्दा बढी निर्माण व्यवसायीहरु रहेको महासंघलाई यसरी विभिन्न कारणले त्रसित गर्नु उचित नभएको बताउँदै उनले निर्माण व्यवसायीबीना देशको समृद्धि असम्भव रहेको बताए । सरकारसँग सुरक्षाको माग नेपाल निर्माण व्यवसायी महासंघले सरकारसमक्ष सुरक्षाको माग गरेको छ । मंगलबार महासंघका अध्यक्ष रवि सिँहसहितको समूहले विकास तथा प्रविधि समितिकी सभापति कल्याणी कुमारी खड्कालाई सुरक्षाको माग गरेका हुन् । निर्माण व्यवसायीहरुलाई अज्ञात समूहले पटक– पटक फोन गरेर डर त्रास र धम्की दिने र निर्माण सामग्रीहरु जलाउने काम भइरहेकोले यसको क्षतिपूर्तिसहित सुरक्षाको माग गरिदिन आग्रह गरेका हुन् । उनीहरुले सभापति खड्कासमक्ष निर्माण व्यवसयीले भोग्दै आएका समस्या र निर्माण कार्य गर्दा व्यहोर्नु पर्ने कानुनी अवरोधहरुसमते जानकारी गराएका छन् । उनीहरुले निर्माण व्यवसायीलाई काम गर्न केही अ नीति नियमहरुले अवरोध गरेकोले यसमा सहज वातावरण गर्नका लागि विकास तथा प्रविधि पहल गरिदिन आग्रह गरेका छन् । महासंघले नेपाल सरकारलाई २३ बुँदे राय सुझावसहितको २३ बुँदे पत्र हस्तान्तरण गरेको छ । निर्माण व्यवसायीलाई फिल्डमा काम गर्न असहज भएकोले विभिन्न नियम कानुनहरु संशोधनको माग गर्नका लागि खडकालाई ती ऐन कानुनम सहज पार्नका लागि पहल गरिदिन आग्रह गरेको छ । २३ बुँदे राय तथा सुझाव पत्र बुझ्दै खड्काले देश निर्माणमा खटेका निर्माण व्यवसायीको हितका लागि आफु सकरात्मक भएको बताइन् । तर, निर्माण व्यवसायीहरुको पनि धेरै ठाउँमा गगत भएकाले यसलाई सुधार्नु पर्ने बताइन् । ‘आयोजना निर्माणमा कमसल सामाग्रीको प्रयोग भुलवस मात्र भएको छैन, निर्माण व्यवसायीकै मिलोमतोमा पनि यस्तो काम भइरहेको छ, यो प्रवृतिलाई सुधार्न आवश्यक छ,’ सभापति खड्काले भनिन् । सभापति खड्काले निमार्ण व्यवसायीले प्रयोग गर्ने सामानमा गुणस्तरियता हुनु पर्ने बताइन् । निर्माण कार्यमा कमसल सामाग्री प्रयोग गर्ने व्यवसायीलाई कालोसूचिबाट हटाउन नसकिने उनकाे भनाइ छ । ।
१२ कराेड लागतमा शहीद स्मृति उद्यान बनाइँदै
तनहुँ । तनहुँको भानु नगरपालिका–२ फुस्रेटारमा निर्माण गर्न लागिएको शहीद स्मृति उद्यानको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईलाई हस्तान्तरण गरिएको छ । शहीद उद्यान निर्माण समितिले सोमबार उनलाई प्रतिवेदन हस्तान्तरण गर्दै आवश्यक बजेट विनियोजन गर्न माग गरेको छ । निर्माण समितिका अध्यक्ष बाबुराम विक, सचिव रामकुमार श्रेष्ठ र सल्लाहकार ओमकुमारी पौडेलले संयुक्त रूपमा मन्त्री भट्टराईलाई प्रतिवेदन हस्तान्तरण गरेका थिए । भानु नगरपालिकाको रु १० लाखको लागतमा प्रतिवेदन तयार गरिएको र उद्यान निर्माण गर्न नगरपालिकाले थप रु १० लाख विनियोजन गरेको निर्माण समितिका अध्यक्ष विकले जानकारी दिए। ओख्ले सामुदायिक वनको १५३ रोपनी जग्गामा राणाविरुद्धको आन्दोलन, पञ्चायतविरुद्धको आन्दोलन, जनयुद्ध तथा विभिन्न आन्दोलनका शहीदको स्मृतिमा उद्यान निर्माण गर्न लागिएको छ । उद्यान निर्माणका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग बजेट माग गरिने समितिले जनाएको छ । उद्यानमा शुरुआती चरणमा भानु नगरपालिकाभित्र घर भएका शहीदको स्मारक राख्ने योजना भए पनि भविष्यमा जिल्लाभरका शहीदको स्मारक बनाइनेछ । उद्यान निर्माण गरिने डाँडाको टुप्पोमा स्थानीयवासीले वर्षौँदेखि पूजा गर्दै आएको कालिका मन्दिर रहेको हुँदा उक्त मन्दिरसम्म पुग्ने पैदलमार्गसमेत निर्माण गरिने र मन्दिरलाई विशेष प्रकारले संरक्षण गर्ने योजना रहेको छ । रु १२ करोडको लागतमा निर्माण हुने उद्यानमा शहीदका स्मारकबाहेक भ्यूटावर (दृश्यावलोकन स्तम्भ), चिल्ड्रेन पार्क (बाल उद्यान), फन पार्क (मनोरञ्जन उद्यान), ४०० जना अट्ने सभाहल, पैदलमार्ग, साहित्यिक स्रष्टाको स्मारक, फूलको बगैँचा, रेष्टुरेन्ट, कफीहाउस, सवारी पार्किङस्थललगायतका संरचना निर्माण गरिने उद्यान निर्माण समितिका सल्लाहाकार पौडेलले जानकारी दिएका छन् । प्रतिवेदन ग्रहण गर्दै मन्त्री भट्टराईले शहीदको सम्मानमा निर्माण हुने उद्यानमा सरकारको तर्फबाट बजेट विनियोजन गर्न पहल गर्ने प्रतिबद्धता जनाए । रासस
सर्भे भएको १३ महिना बित्दा पनि बनेन पुल, बेलिब्रिज जडान शुरू
रारा । सर्वे भएको १३ महिना बितिसक्दा पनि कर्णाली नदीमा पक्की पुल बनाउने कार्य अगाडि बढेको छैन । सो पुलले कालीकोट जिल्लाको पचालझरना गाउँपालिकालाई सडक सञ्जालसंग जोड्छ । विसं २०७५ पुसमा पक्की पुल बनाउन सर्भे गरिएको थियो । सडक डिभिजन कार्यालय जुम्लाले पुल बनाउन पहल नगरेपछि गाउँपालिकाले अहिले बेलिब्रिज जडान गर्ने तयारी थालेको छ । कर्णाली प्रदेश सरकारले पुलको सट्टा बेलिब्रिज जडान गरी तत्काल यातायात सञ्चालनमा ल्याई पचालझरना र पलाँता गाउँपालिकालाई सडक सञ्जालले जोड्ने काम अगाडि बढाएको छ । पचालझरना गाउँपालिकाको केन्द्र जारकोटस्थित घाटलाइने ढुङ्गामा बेलिब्रिज जडान गर्न प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयलका प्राविधिक टोलीले सर्भे गरेको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले जानकारी दिए । ‘जुन ठाउँको नजिकै गत पुसमा पक्की पुल बनाउन सडक डिभिजन कार्यालयले सर्भे गरेको थियो । त्यो ठाउँमा नगरेर अहिले छुट्टै ठाउँमा गरियो’, उनले भने, ‘जहाँ भए पनि पुल बने भइहाल्थ्यो तर अहिलेसम्म कुनै काम भएको छैन ।’ एशियाकै अग्लो पचालझरना अवलोकन गर्न जान चाटेबगरमा पुल बने निकै सहज हुने गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालले बताए । तर त्यो पुल बनाउने काम १३ महिनासम्म शुरु नहुँदा बेलिब्रिज जडानमा प्रदेश सरकारलाई आग्रह गरिएको उनले जानकारी दिए ।रासस