विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ सम्मानित
काठमाडाैं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सम्मानित भएका छन् । जेपी प्रतिष्ठानको रजत महोत्सवको उद्घाटन कार्यक्रममा उनी सम्मानित भएका हुन् । उनको व्यवस्थापकीय क्षमता, नेपाली उर्जा क्षेत्रमा गरेको योगदान र लोडसेडिङ्मुक्त गर्ने नायकका रुपमा उनलाई प्रतिष्ठानले सम्मान गरेको हो । उनी संगै समाजमा समाजिक कार्य गर्ने १ सय ८ जनालाई प्रतिष्ठानले सम्मान गरेको हो । उक्त उद्घाटन कार्यक्रकमा बोल्दै घिसिङले आफ्नो क्षेत्रमा जिम्मेवारी निर्वाह गरे अवश्यसफल हुन सक्ने धारणा राखे । विद्युत प्राधिकरण लोडसेडिङ गर्ने निकाय त होइन भन्ने नागरिकको भ्रमलाई हटाउन सफल भएको बताए । निर्देशक घिसिङले हाल देशमा लोडसेडिङ गर्ने अवस्था नभएको बताए । अहिले धेरै उर्जा स्टक भएकोले चाहिएको उर्जा खपत गर्न आग्रह गर्दै अब नेपाल छिट्टै उर्जामा आत्मनिर्भर हुने जानकारी दिए ।
निजी क्षेत्रमाथि नै प्रश्न गरिरहेको काठमाडौं–हेटौडा सुरुङमार्ग ९ वर्षदेखि अलपत्र
काठमाडौं । सार्वजनिक–निजी साझेदारी (पीपीपी) को अवधारणामा निजी क्षेत्रले नेपालको पहिलो सुरुङमार्गको रुपमा काठमाडौं–हेटौंडा सुरुङमार्ग बनाउने घोषणा गर्यो । यसैका लागि २०६८ भदौमा १ सय ५९ जना सेयरधनी रहेको नेपाल पूर्वाधार विकास कम्पनी स्थापना पनि भयो । सुरुङमार्ग निर्माणका लागि नेपाल उद्योग वाणिज्य महासंघका तत्कालिन निवर्तमान अध्यक्ष कुशकुमार जोशीले गरेका थिए । जोशीलाई नै अध्यक्ष बनाएर कम्पनी दर्ता भयो पनि । कम्पनीले सन् २०१२ मा सरकारसँग गरेको सम्झौता अनुसार काम भएको भए १ जनवरी ०१७ मै सुरुङमार्ग निर्माण सम्पन्न हुन्थ्यो । सरकारसँगको पहिलो सम्झौता अनुसार निर्माण सम्पन्न हुने मिति सकिएको २ वर्षभन्दा बढी समय भएपनि सुरुङमार्ग बनाउने काम सुरु भएकै छैन । कम्पनीले पाँच वर्षमा सुरुङमार्ग सम्पन्न गर्ने गरी जिम्मा लिएको थियो । तर, यस अवधिमा कम्पनीले लगानीसमेत जुटाउन सकेको छैन । काम सुरु भएकै छैन । पूर्वाधार विकास कम्पनीले सुरुङ मार्ग बनाउनका लागि गैरआवासीय नेपाली, स्वदेशी उद्योगपती र स्थानीयहरुबाट ३५ अर्ब रुपैयाँ उठाउने योजना बनाएको थियो । त्यस अनुसार जनताबाट ३१ करोड ७६ लाख रकम उठाइसकेको थियो । निर्माण उपकरण तथा सामग्री राख्नको लागि कम्पनीले सम्याएको ठाउँ । यो कम्पनीले सुरुङ मार्ग निर्माण गर्न राखेको प्रस्तावलाई ०६९ वैशाखमा मन्त्रिपरिषदले पारित गरेको थियो । अहिलेसम्म कम्पनीले सुरुङ निर्माणका लागि खोस्रने काम समेत गरेन । तर, निर्माण कार्य सक्नु पर्ने म्यादसम्म पनि आर्थिक प्रतिवेदन बुझाइएको छैन । सुरुग मार्गको शिलान्यास भने भइसकेको छ । सडक बनाउनको लागि अधिग्रहण गरिने क्षेत्र, जहाँ मानव निर्मित संरचनाहरु थपिदैछन् । कम्पनीको अध्यक्ष ४ पटक फेरिए । संस्थापक अध्यक्ष कुशकुमार जोशी, त्यसपछि गैरआवाशीय नेपाली संघका अध्यक्ष भवन भटट्, लाल केसी र फेरि भवन भटट् अध्यक्ष भएका छन् । कम्पनीले सुरुङ मार्गको डीपीआर बनाएर सरकारलाई बुझाइसकेको छ । फुल ब्राइट कन्सल्ट्यान्टले डीपीआर तयार पारेको हो । सुरुङ मार्ग बनाउन गएको डोजर, आफै अलपत्र अवस्थामा भेटियो । पूर्वाधार विकास कम्पनीले दुई वर्षभित्र लगानीको आधारसहित आर्थिक प्रतिवेदन पेस गर्नुपर्ने थियो । लगानी जुटाएपछि मात्र सरकारले सुरुङ मार्ग निर्माणको स्वीकृति दिने बताएको थियो । तर, निर्माण कार्य सक्नु पर्ने म्यादसम्म पनि कम्पनीले आर्थिक प्रतिवेदन बुझाइएको छैन । कम्पनीमा सर्वसाधारण सेयर लगानी छ । आफ्नो कष्ट र दुःख गरेर बगाएको रगत, पसिना र मेहनतको कमाइ काठमाडौं –हेटौंडा सुरुङमार्गको सेयरमा लगानी गरेका सर्वसाधारणको लगानी के हुन्छ भन्ने प्रश्न उब्जिएको छ । सुरुङमार्ग क्षेत्रमा पर्ने मकवानपुर, खोकना र काठमाडौंको चाल्नाखेल लगायतका क्षेत्रका करिब ११ सयभन्दा बढी स्थानीयले सेयर लगानी गरेका छन् । कुलेखानीका करिब १ सय १ जना र भेमफेदीका करिब ९७ जना सामान्य कृषकसमेतले कम्पनीमा लगानी गरेका छन् । काठमाडौँबाट हेटौडा पुग्न मुग्लिङ हुँदै जाँदा २ सय २६ किलोमिटर यात्रा छिचोल्न सात/आठ घण्टा लाग्छ । त्रिभुवन राजपथको घुमाउरो बाटो हुदै जाने हो भने १ सय ३३ किलोमिटर दुरी पार गर्नुपर्छ । प्रस्तावित सुरुङ बाटोबाट भने द्रुत गतिको सवारी साधन चल्ने हुनाले हेटौडाबाट काठमाडौँ आइपुग्न समय पनि एक घण्टा मात्रै भनेर कम्पनीले जानकारी दिएको थियो । काठमाडौं–हेटौडा सुरुङ मार्गको परिचित सो सडकमा जम्मा ३ किलोमिटरको मात्रै सुरुङ हुने भनिएको थियो ।
बिओकेले काबेली बी वान कास्केड जलविद्युत आयोजनामा सहवित्तीयकरण कर्जाको अगुवाइ गर्ने
काठमाडौं । बैंक अफ काठमाण्डू(बीओके)ले काबेली बी वान कास्केड जलविद्युत आयोजनामा सहवित्तीयकरण कर्जाको अगुवाइ गर्ने भएको छ । सो सम्बन्धी बैंक अफ काठमाण्डू र अरुण भ्याली जलविद्युत विकास कम्पनीबीच माघ १५ गते सम्झौतापत्रमा हस्ताक्षर भएको हो । ९.९४ मेगावट क्षमता रहेका काबेली बी वान कास्केड जलविद्युत आयोजनाको अनुमानित खर्च १ अर्ब ९७ करोड रुपैयाँ रहेको छ । अरुण भ्याली जलविद्युत विकास कम्पनीले पाँचथर र ताप्लेजुङको सिमानामा उक्त जलविद्युतको निर्माण कार्य गरीरहेको छ । बैंक अफ काठमाण्डूको अगुवाइ रहेकोे उक्त सहवित्तीयकरण कर्जाको सदस्य बैंकमा कुमारी बैंक रहेको छ । अरुण भ्याली जलविद्युत विकास कम्पनीले नेपालको पहिलो निजीक्षेत्रबाट प्रबन्धन भएको ३ मेगावाट उत्पादन क्षमता रहेकोे पिलुवा खोला जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरीसकेको छ । उक्त आयोजनामा पनि बैंक अफ काठमाण्डूले नै सहवित्तीयकरण कर्जाको अगुवाइ गरेको थियो । उक्त पिलुवा खोला जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भई २०६० असोज १ गतेदेखि नै सञ्चालनमा आईसकेको छ । उक्त आयोजनामा रहेको बैंकको सहवित्तीयकरण कर्जाको भुक्तानी भई कर्जा चुक्ता भइसकेको छ । साथै, यस सहवित्तीयकरण कर्जा पश्चात् यस काबेली बी वान कास्केड जलविद्युत आयोजना निर्माणमा सहयोग पुग्ने र समय सिमामा नै आयोजनाको निर्माण कार्य सम्पन्न हुने विश्वास बैंकले लिएको छ । हालसम्म बैंक अफ काठमाण्डूले ८७ शाखा कार्यालयहरु, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।