आश्वासनका २८ वर्षः पश्चिम सेती कहिले बन्छ सरकार?

काठमाडौं । हिजो आशा मर्यो । आज जवानी मर्दैछ । भोली सपना मर्नेछन् । तर, २८ वर्षदेखिको पश्चिम सेती जलविद्युत आयोजना भने अहिले सम्म बन्न सकेन । यो निराशा, कुण्ठा र आक्रोश सुदूरपश्चिमवासीको हो । विगत २८ वर्षदेखि बन्न नसेको पश्चिम सेती जलविद्युत आयोजनाकै कारण उनीहरु चिन्तित छन् । ७ सय ५० मेघावाट क्षमताको जलाजलाशययुक्त पश्चिम सेती जलविद्युत आयोजना निर्माण गर्ने भनेको पनि २८ वर्ष बितिसकेको छ । विगत २८ वर्षदेखि बन्न नसेको पश्चिम सेती जलविद्युत आयोजनाकै कारण उनीहरु चिन्तित छन् । अष्ट्रेलियन कम्पनी स्नोइ माउन्टेन कर्पाेरेसन  स्मेकले निर्माणको अनुमति लिएको १६ वर्षसम्म ‘होल्ड’ मात्र गर्यो  । त्यसपछिका बर्ष चिनियाँ कम्पनी थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसनले पनि ‘होल्ड’ मात्र गरेर बस्याे । तर, अहिले सम्म आयोजना निर्माणको सुरसार छैन । निर्माण स्थलमा ल्याइएका सामग्रीहरु पनि फिर्ता लग्यो । स्मेकले गरेको अध्ययन प्रतिवेदनअनुसार डोटी, डडेल्धुरा, बैतडी र बझाङ जिल्लाको सिमानामा जलायशययुक्त बाँध निर्माण गर्ने देखाएको थियो । बाँधस्थलदेखि बझाङको चौडामबगरसम्म लगभग २५ किलोमिटर लामो जलाशयमा १ अर्ब ५६ करोड ६० लाख घनमिटर पानी संकलन हुने उक्त परियोजनाले ६ सय ५९ हेक्टर खेतीयोग्य जग्गा, १२ सय २ हेक्टर वन क्षेत्र, २ सय ४६ हेक्टर घाँसे मैदान र २ सय ६ हेक्टर बुट्यान गरी २३ सय १३ हेक्टर जमिन डुबानमा पर्ने देखाएको थियो । हाल आएर बहुप्रतिक्षित ७ सय ५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत आयोजना निर्माणमा अलमल भएको भन्दै सुदूरपश्चिमका सांसदले एकढिक्का भई तत्काल काम अगाडि बढाउन दबाब दिनुपर्नेमा जोड दिएका छन्। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद भीम रावलले पश्चिम सेती यथाशीघ्र अगाडि बढाउन सांसदहरूको एउटै मत रहेको बताए । आधा लगानी सरकार र आधा नागरिकका लागि सेयर निश्कासन गरेर प्रक्रिया अगाडि बढाए पश्चिमसेती निर्माणका लागि रकम जुट्छ, सुदूरपश्चिका नागरिक सेयरमा लगानी गर्न आतुर छन् । आधा लगानी सरकार र आधा नागरिकका लागि सेयर निश्कासन गरेर प्रक्रिया अगाडि बढाए पश्चिमसेती निर्माणका लागि रकम जुट्छ, सुदूरपश्चिका नागरिक सेयरमा लगानी गर्न आतुर छन्,’ उनले भने । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद दिलेन्द्रप्रसाद बडुले सुदूरपश्चिमलाई सधै अपहेलित गरिएको भन्दै असन्तुष्टि व्यक्त गरे। २८ वर्ष अगाडि शुरु भएको परियोजना अहिलेसम्म किन बन्न सकेको छैन भन्दै सरकारको ध्यानाकर्षण गराए। पश्चिम सेती निर्माणका लागि धेरै आवाज उठाएकाे उनकाे भनाइ  छ । हामीले बेलाबखत कुरा उठाउँदै आएका छौं, नभए रेकर्ड हेर्दा हुन्छ , यतिबेला दुई तिहाईको सरकार छ , पश्चिम सेती बनाउने यो उचित समय हो,’ उनले भने । पश्चिम सेती परियोजना निर्माण गर्नका लागि १ खर्ब ८० अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएके थियाे । जसमा २५ प्रतिशत लगानी नेपाल विद्युत प्राधिकरणको र ७५ प्रतिशत निर्माण कम्पनीको भनिएकाे थियाे । तर, त्याे बन्ने प्रक्रिया भने अलमलमै छ । अझैँ आशा कायमै २८ वर्षसम्म नबनेको आयोजना अझैँ बन्छ भन्ने आशा कायमै छ । २८ वर्षपछि सुदूरपश्चिमका युवाहरु आयोजना निर्माण गर्नका लागि  विभिन्न पहलहरु गर्न थालेका छन् । विगत एक हप्तादेखि बोलन्या थली धनगढी नामक सामाजिक संस्थाले पश्चिम सेती आयोजना निर्माणमा पहल गर्नका लागि विभिन्न राजनीतिक दल र नियामक निकायकाेमा धाउन थालेका छ । बोलन्या थली धनगढीका संयोजक यादव जोशीले आयोजना अगाडि बढाउनका लागि विभिन्न कार्यक्रमहरु गर्न लागेको बताए । उनले विभिन्न मागसहित सुदूरपश्चिमका १ लाख जनताले लेखेको छुट्टाछुट्टै पत्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने तयारी पनि भइरहेको बताए । तीन देशको २ खर्ब ७४ अर्ब लगानी प्रस्ताव लामो समयदेखि बन्न नसकेको पश्चिम सेती जलविद्युत आयोजना फेरी बन्ने आशा पलाएको छ । यो जलविद्युत आयोजना निर्माणका लागि जापान, अमेरीका र कतारको लगानीमा अघि बढ्ने भएको जनाइएको छ । लगानी बोर्डले तीनै देशका लगानीकर्तालाई आयोजनाको निर्माणका लागि आर्थिक ताथा प्रावधिक प्रस्ताव माग गरेको बोर्डका प्रवक्ता बलराम रिज्यालले बताए । अब आयोजनामा कुल लगानी २ खर्ब ७४ अर्ब हुने लगानी बोर्डको अनुमान छ । उक्त परियोजनाको ‘रिक्वेस्ट फर प्रपोजल’ (आरएफपी)को मस्यौदा तयार गरिसकेको रिज्यालले बताए । जापानको फुजी इलेक्ट्रिक, कतारको नब्रास जलविद्युत् कम्पनी र अमेरिकाको जे पावरको कन्सोर्टियम म्याट्रिक्स इन्टरनेसनलद्वारा परियोजनामा लगानी गर्ने प्रस्ताव भएकाे छ । जापानको फुजी इलेक्ट्रिक, कतारको नब्रास जलविद्युत् कम्पनी र अमेरिकाको जे पावरको कन्सोर्टियम म्याट्रिक्स इन्टरनेसनलद्वारा परियोजनामा लगानी गर्ने प्रस्ताव भएकाे छ । यसअघि चीनको थ्री गर्जेज आयोजना लगानीयोग्य नभएको भन्दै लगानी गर्नबाट पछि हटेका कारण बोर्डले सोही नदीमा बन्ने ४ सय ५० मेगावाटको अर्को आयोजना एसआर–६ लाई समेत पश्चिमसेतीसँगै एउटै कम्पनीलाई निर्माणको जिम्मा दिने भएको छ । अब समग्र पश्चिमसेती–एसआर ६ आयोजनाको क्षमता १२ सय मेगावाट पुग्ने भएको छ ।

९०० मेगावाटको अरुण तेस्रोमा २ नेपाली बैंकको १५ अर्ब लगानी

काठमाडौं । ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनामा २ नेपाली बैंकले १५ अर्ब ३२ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन् । एसजेभीएन लिमिटेडले बनाउन लागेको सो आयोजनामा नविल बैंकले ५ अर्ब १२ करोड तथा एभरेष्ट बैंकले १० अर्ब २० करोड रुपैयाँ ऋण लगानी गर्ने सम्झौता भएको छ । लगानी बोर्डले हिजो (२२ माघ) वित्तीय व्यवस्थापनको स्वीकृति दिएलगत्तै कम्पनीले ऋण लगानी सम्बन्धि सम्झौता गरेको हो । सो आयोजनाको लागि भारतको एसबीआई बैंक, कानरा बैंक, पञ्जाब नेशनल बैंक, एक्जिम बैंक अफ इण्डिया र युनियन बैंकले गरी ८५ अर्ब ९७ करोड रुपैयाँ ऋण लगानी गर्ने सम्झौता यसअघि नै भइसकेको छ । आयोजना निर्माणको काम हालसम्म ३० प्रतिशत सकिएको कम्पनीका अध्यक्ष एनएल शर्माले जानकारी दिए । आयोजना सन् २०२४ सम्ममा सम्पन्न भएर विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको भएपनि आयोजनासँग अनुभबी टीम रहेकोले लक्ष्यभन्दा अगाडि नै काम सक्ने अध्यक्ष शर्माले दाबी गरे । आयोजना निर्माता कम्पनी एसजेभीएन भारतमा जलविद्युत उत्पादनमा ३० बर्षभन्दा बढी अनुभव हासिल गरेको कम्पनी हो । तर, सो कम्पनीले नेपालमा भने अहिलेसम्म कुनै आयोजना बनाएको छैन । पूर्वी नेपालमा पर्ने अरुण नदीबाट नदी प्रवाहमा आधारित विद्युत उत्पादन गर्न लागिएको हो । आयोजनाले ७० मिटर अग्लो बाँध बनाएर करिब १२ किलोमिटरको हेडरेस टनेलबाट पानी झार्नेछ । यसरी पानी झार्दा ९ सय मेगावाट विद्युत उत्पादन हुने कम्पनीको भनाइ छ । आयोजनाले नेपाललाई करिब २२ प्रतिशत विजुली निःशुल्क दिनेछ भने विद्युत उत्पादन सुरु भएको २५ वर्षपछि सो आयोजना नेपाल सरकारको हुनेछ । यस्तै, आयोजना अवधिमै नेपालले रोयल्टीलगायतका शिर्षकबाट ३ खर्ब ३८ अर्ब ६६ करोड रुपैयाँभन्दा धेरै प्राप्त गर्ने आयोजनाको दाबी छ । नेपाल सरकारले ग्लोबल टेण्डरबाट सो आयोजना एसजेभीएनलाई दिएको थियो । सन् २०१४ मा लगानी बोर्डसँग आयोजना विकास सम्बन्धी सम्झौता भएको थियो । आयोजनाको नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले गत वर्ष शिलान्यास गरेका थिए । सो आयोजनाको लागि भारतीय बैंकले वार्षिक ८.२ प्रतिशत र नेपाली बैंकले ८.८ प्रतिशत व्याजमा ऋण दिनेछन् ।

अन्तर्राष्ट्रिय बौद्ध केन्द्रलाई काठमाडौँ महानगरपालिकाले दियाे तीन करोड

काठमाडाैं । काठमाडौँ महानगरपालिकाले अन्तर्राष्ट्रिय बौद्ध भवन केन्द्रको धम्महल भवन निर्माण गर्न रु तीन करोड बढी रकम अनुदानस्वरुप प्रदान गरेको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले केन्द्रका अध्यक्ष प्रतीकरत्न ताम्राकारलाई रु तीन करोड एक लाख ६९ हजार २ सय अनुदान रकम उपलब्ध गराएका हुन् । प्रमुख शाक्यले कामपाले भौतिक पूर्वाधार विकास, शहरी सेवा व्यवस्थापन र सम्पदा पुनःनिर्माणसँगै आफ्नो क्षेत्रभित्रका सम्भावनाको खोजी र प्रवद्र्धनमा काम गरिरहेको बताए । महानगरले उपलब्ध गराएको सहयोग रकमबाट केन्द्रको विकासका लागि ठूलो सहयोग पुगेको बताउँदै केन्द्रका अध्यक्ष ताम्राकारले केन्द्रको घरजग्गा कर मिनाहा गरिदिन आग्रह गरेका छन् । ‘हामी सामाजिक सेवा र बौद्ध दर्शनको प्रवद्र्धनका लागि काम गरिरहेका छौँ, यसैको बिस्तारका लागि महानगरले आर्थिक अनुदान दियो । अब घरजग्गा करमा माफी गरिदियो भने ठूलो राहत हुने थियो,’ अध्यक्षको आग्रह थियो । केन्द्रका उपाध्यक्ष मोतीकाजी शाक्यले केन्द्रको परिचय र प्रगति प्रस्तुत गर्दैै शान्तिका दूत गौतम बुद्धको आदर्श विश्वभर फैलाउन केन्द्रले रातदिन काम गरिहेको उल्लेख गरे । विसं २०४२ मा स्थापना भएको केन्द्र करिब सात रोपनी छ आना तीन पैसा क्षेत्रफलमा फैलिएको छ । केन्द्रले बौद्ध परियन्ती शिक्षा अध्यापन गराउँदै आएको छ ।रासस