विश्व रुपान्तरणको युगमा रोबोटिक्स
काठमाडौं । चौथो औद्योगिक क्रान्तिको चरणमा विश्व अगाडि बढीरहँदा रोबोटले विश्वव्यापी समुदाय र औद्योगिक क्षेत्रलाई रुपान्तरण गर्ने प्रकृयामा आकार प्रदान गरिरहेको छ । स्वचालित उत्पादन प्रकृयादेखि वौद्धिक रोबोटहरुको माग निकै आकाशीन पुगेको छ । विश्वले रोबोटिक्स विकासको सम्भावनालाई अंगालेको छ, यद्यपी यसले निम्त्याउन सक्ने चुनौतीलाई पनि सम्बोधन गर्न आवश्यक छ । चुनौतीलाई सम्बोधन गर्दै विश्व समुदायको मागलाई हेरेर अगाडि बढ्दा नै रोबोटलाई कम भन्दा कम जोखिम सहित मानव समुदायको हितमा प्रयोग गर्न सकिन्छ । प्रविधिको विकसित परिदृश्यमा सधैँ आर्टिफिसियल इन्टेलिजेन्स र इन्टरनेट अफ थिंग्स र मेसिन लर्निङको प्रमुखताले विश्वव्यापी स्तरमा रोबोटिक्स र स्वचालनमा उल्लेखनीय प्रगतिको लागि मार्ग प्रशस्त गरेको पाइन्छ । स्वचालित र रोबोटिक्सको समायोजित प्रविधिले औद्योगिक उत्पादनको प्रकृयामा क्रान्तिकारी रुपान्तरणको अवस्था सिर्जना गरिदिएको छ । उदाहरणका लागि वस्तुहरुको संकलन, छनोट, प्याकेजिङ र डेलिभरीमा रोबोटले कायम गर्न सकेको गुणस्तरले यसको मागमा थप वृद्धि हुँदै गइरहेको छ । आजको दिनमा रोबोटिक्सले उत्पादनमुखी उद्योगहरु, स्वास्थ्य सेवा, गार्मेन्ट र कृषि क्षेत्रमा आफूलाई अनुकरणीय रुपमा प्रस्तुत गरेको पाइन्छ । व्यवसायहरु स्वचालित र सरलिकृत भइरहेका छन् । सभाहरुमा लाइन मिलाउनेदेखि स्वास्थ्य उपचारको क्रममा सल्यकृयामा रोबोटले अनुकरणीय प्रदर्शन गर्न सफल भएको छ, जसले गर्दा मानिसहरुलाई यसप्रतिको विश्वास र माग बढ्दै गएको अनुमान गर्न सकिन्छ । अत्याधुकि रोबोटिक्स प्रणालीका चुनौतिहरु रोबोटको सञ्चालनमा मुख्य समस्या भनेको यसलाई संवेदनायुक्त बनाउनु र मानिसको हात जस्तै बनाउनुसँग रहेको छ । रोबोटमा यी विषयहरुको विकास गर्न सकियो भने यसले स्वास्थ्य क्षेत्र, गार्मेन्ट क्षेत्र र उत्पादनको क्षेत्रमा थप महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । आधुनिक रोबोटिक्सको विकाससँगै उद्योगहरुलाई पनि आफ्नो नेतृत्वदायी र व्यवस्थापकीय क्षमता वृद्धिको चुनौती देखिएको छ, जसले लक्षित उद्देश्य हासिल गर्न सकियोस । सबै सरोकारवाला मानिसहरुले सामूहिक रुपमा रोबोटिक्स शिक्षाको प्रवर्द्धन गर्दै हाम्रो दैदिक जीवनमा रोबोटसँगको सामञ्जस्यपूर्ण सम्बन्ध कायम राख्दै इकोसिस्टम निर्माण गरेर चुनौतीको सामना गर्दै अगाडि बढ्न आवश्यक छ । एजेन्सीको सहयोगमा ।
म्याग्दीमा गणित र विज्ञानका शिक्षक पाउनै मुस्किल
फाइल फोटो म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीको सर्वोदय माविले माध्यमिक तहका लागि पाँचौँ पटकसम्म सूचना प्रकाशन गर्दा पनि गणित शिक्षक पाएको छैन । माध्यामिक विद्यालय तेस्रो तहको दरबन्दीअनुसार मासिक ४३ हजार छ सय ७९ रुपैयाँ तलब हुने यो पदमा कसैले दरखास्त नदिएपछि गत पुसदेखि दरबन्दी खाली भएको हो । शिक्षक अभावमा विद्यालयले माध्यामिक शिक्षा परीक्षा (एसइई) दिने विद्यार्थीका लागि छिमेकी मुक्तिमार्ग माविका शिक्षक विमल बरुवाललाई बिहान–बेलुकी तथा शनिबार पढाएर कोर्स सक्ने गरी ‘पार्टटाइम’ नियुक्त गरी पठनपाठन चलाएको प्रअ गोविन्द थापाले बताए । ‘कक्षा ९–१० लाई विज्ञान विषयका र तल्लो कक्षाका शिक्षकले माथिल्लो तहमा पढाउन लगाएर कक्षा खाली हुन रोकेका छौँ’, उनले भने, ‘दरबन्दीका विषयगत शिक्षक नहुँदा पठनपाठन प्रभावित भएको छ ।’ मङ्गला गाउँपालिका–१ पूर्णगाउँको राष्ट्रिय जनजागृति माध्यमिक विद्यालयले मासिक ३० हजार तलब हुने गरी गणित विषयका शिक्षक भर्ना गर्न दशौँ पटक विज्ञापन गरेपनि कसैको दरखास्त परेको छैन् । पटक–पटक विज्ञापन गर्दा पनि शिक्षक नपाएकै कारण पठनपाठन प्रभावित भएका सर्वोदय र राष्ट्रिय जनजागृति मावि जस्तै धेरै विद्यालयहरु छन् । गाउँका सामुदायिक विद्यालयमा मात्र होइन सदरमुकाम बेनीका सुविधायुक्त निजी विद्यालयले समेत विज्ञान, गणित र कम्प्युटर विषयका शिक्षकको अभाव खेपिरहेका छन् । विज्ञान, गणित र कम्प्युटर विषयका शिक्षक करार र अस्थायी दरबन्दीमा आउन मान्दैनन् । अन्यत्र जागिर सुरक्षित नहुँदासम्म शिक्षण पेसामा आएका शिक्षक पनि सहरी इलाकामै खोसाखोस हुने भएकाले दुर्गममा नआएका राष्ट्रिय जनजागृति माविका प्रअ टेकबहादुर राम्जालीले बताए । पेसाप्रतिको घट्दो आकर्षणले गर्दा शिक्षाशास्त्र पढेका उम्मेदवार शिक्षणभन्दा निजामती सेवातर्फ आकर्षित छन् । जिल्ला शिक्षा विकास तथा समन्वय एकाइका अनुसार गत वर्ष म्याग्दीका सात जना विज्ञान शिक्षक शिक्षण पेसाबाट निजामती सेवातर्फ गए । त्यसैगरी शिक्षक सेवा आयोगबाट मधेसी कोटा र अन्य जिल्लाबाट नाम निकालेर यहाँ नियुक्ति लिएर आउने र एक वर्षपछि सरुवा मिलाएर जाँदा गणित र विज्ञान विषयका शिक्षक सधैँ अभाव हुने अर्को कारण हो । शून्य दरबन्दी भएका विद्यालयमा सरकारले शिक्षण सहायता अनुदानस्वरुप १२ महिनाको रकम दिन्छ । यही रकमले करारमा नियुक्त हुने हो । पारिश्रमिक पनि कम हुने भएकाले आकर्षण कमी हुनुको अर्को कारण भएको शिक्षक महासङ्घ म्याग्दीका अध्यक्ष जयराम सुवेदीले बताए । ‘विद्यालयले शिक्षक आवश्यकता खुलाउँछन्’, उनले भने, ‘अन्यत्र पढाइरहेका शिक्षकले नै पायक पर्ने वा अनुकूलको विद्यालयमा निवेदन दिन्छन् । नयाँ अनुहारले शिक्षण सेवामा आउन चाहेको देखिँदैन ।’ सदरमुकाम बेनी र आसपासमा रहेको सामुदायिक तथा संस्थागतबाहेक जिल्लाका सबै माध्यमिक तहका विद्यालयले हरेक वर्ष विज्ञान वा गणित विषयको शिक्षक टिकाउन सकेका छैनन् । ‘विज्ञान, गणित र कम्प्युटर विषयका शिक्षक नपाउने वा टिकाउनै नसकिने समस्या छ’, जिल्ला शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख दलबहादुर थापाले भने, ‘कक्षा ६ देखि विज्ञान विषय अनिवार्य गरिएको छ तर पढाउन जनशक्ति पर्याप्त छैन । सम्बन्धित विषयका जनशक्ति पनि शिक्षण सेवामा भन्दा निजामतीतर्फ आकर्षित छन् ।’ गणित, विज्ञान, कम्प्युटर विषय शिक्षण गर्ने जिल्लाकै उत्पादन नहुनु र बाहिरबाट आएकाहरू एक वर्षमै सरुवा मिलाउने भएकाले समस्या दोहोरिएको उनको भनाइ छ । शिक्षण लाइसेन्स परीक्षामा विषय नमिल्दो र अव्यवहारिक हुँदा पनि शिक्षक समस्या भएको थापाको भनाइ छ । आधारभूत तह कक्षा ६ देखि नै सरकारले विज्ञानलाई अनिवार्य विषयमा राखेको छ । एकाइको तथ्याङ्कानुसार म्याग्दीमा एक सय ७५ वटा आधारभूत तह (कक्षा ६–८) र एक सय १५ माध्यमिक तहमध्ये जम्मा २२–२२ जनामात्र दरबन्दीका गणित र विज्ञान शिक्षक छन् । बाँकी विद्यालयले राहत तथा निजी स्रोतबाट करारका विज्ञान शिक्षक राखेका छन् । विज्ञान र गणित शिक्षक करार र अस्थायी दरबन्दीमा आउन मान्दैनन् । गणित शिक्षक हुनका लागि विद्यालय तहदेखि नै ऐच्छिक गणित पढ्न जरुरी छ । तर गणितप्रति विद्यार्थीको आकर्षण छैन । चारवर्षे स्नातक तहमा शिक्षाशास्त्रतर्फ गणित, विज्ञान र कम्प्युटर विषय अध्यापन गराउने जिल्लाको एक्लो म्याग्दी बहुमुखी क्याम्पस छ । बीएड पहिलो वर्षमा चार जना, दोस्रोमा छ, तेस्रोमा तीन र चौथोमा तीन जना विद्यार्थीले मात्र गणित विषय अध्ययन गरिरहेका छन् । बीएडतर्फ विज्ञान लिएर पढ्ने तीन जनामात्र छन् । क्याम्पसले गत शैक्षिकसत्रदेखि विज्ञान र कम्प्युटर विषयको शिक्षक अभाव पूर्ति गर्ने उद्देश्यले बीएडमा विज्ञान र कम्प्युटर तथा सूचना प्रविधि विषय अध्ययन/अध्यापन सुरु गरेको छ । त्यसनिम्ति जिल्लाका सबै स्थानीय तहले आर्थिक स्रोत व्यवस्थापन गरेका छन् । ‘जिल्लाका विद्यालयमा शिक्षकको धेरै माग भएकाले बीएडमा गणित, विज्ञान र कम्प्युटर तथा सूचना प्रविधि विषय अध्यापन सुरु गरेका हौँ’, म्याग्दी क्याम्पसका प्रमुख गोरख जिसीले भने, ‘स्नातक तहमा गणित विषय अध्यापन गराउने म्याग्दी क्याम्पसका स्रोत विद्यालय जम्मा पाँच छन् । ती विद्यालयबाट स्नातक पढ्न आउने जम्मा चार–पाँच जना विद्यार्थी हुन् । ती पनि चौथो वर्ष पुग्दासम्म हराइसक्छन् अनि कसरी गणित विषयका शिक्षक उत्पादन हुन्छ ?’ रासस
‘एआई’मा करिअर बनाउन चाहनुहुन्छ भने यी हुन सक्छन् उत्कृष्ट पाँच विकल्प
काठमाडौं । यदि तपाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को क्षेत्रमा करियर बनाउन चाहनुहुन्छ भने तपाईले यी मध्ये कुनै एक विकल्प रोज्न सक्नुहुन्छ। कुन क्षेत्रमा प्रवेश गर्न कस्तो योग्यता चाहिन्छ र कमाई कति हुन सक्छ भन्ने विषयमा धेरैको चासो रहेको पनि पाइन्छ । केही समयअघिसम्म मानिसहरूलाई एआईको बारेमा त्यति धेरै जानकारी पनि थिएन। अहिले यस्तो समय आएको छ की एआई बिना कुनै पनि काम हुँदैन । चाहे त्यो शिक्षा होस् वा जागिर। समयसँगै यसको माग बढ्दै गएको छ । सोही विषयलाई ध्यानमा राख्दै पछिल्लो समयमा धेरै विद्यार्थीहरूले करियरको विकल्पको रूपमा एआईलाई रोजिरहेका छन्। मेसिनरी सम्बन्धी सिकाइ अवधारणा अहिले धेरै पुरानो भइसकेको छ । एआईको विकाससँगै सिकाइको क्षेत्रमा स्थापित अवधारणामा पनि ठूलो रुपान्तरणको शुरुवात भएको देखिन्छ । यस क्षेत्रमा केहि उत्कृष्ट करिअर विकासका विकल्प रहेको देखिन्छ । सो क्षेत्रमा अध्ययन गर्नुपूर्व सो क्षेत्रका केहि विशेष विषयको बारेमा जान्न आवश्यक हुन्छ । सोही अनुसार तपाईं आफ्नो रुची र आवश्यकतालाई केन्द्रमा राखेर विषय छनोट गर्न सक्नुहुन्छ । मेसिन लर्निङ इन्जिनियर यो क्षेत्रमा काम गर्नेहरु स्वचालित सफ्टवेयरको डिजाइन गर्न र बनाउन सक्ने हुन्छन् । यदि तपाइँ यस क्षेत्रको विकसित एप्लिकेसनको बारेमा बुझ्न चाहनुहुन्छ भने ती भनेका च्याटबोट, भर्चुअल असिस्टेन्ट, चालकविहीन कार, ट्राफिक भविष्यवाणी एप, आदि हुन् । समयसँगै यस प्रकारका एप्लिकेसको प्रयोग निकै बढेको छ । यो क्षेत्रमा प्रवेश गर्न तपाईंसँग कम्प्युटर विज्ञान, डाटा प्रोग्रामिंग र गणितको ज्ञान हुनुपर्छ। यो क्षेत्रको करिअरमा वर्षमा ४ देखि ५ लाख रुपैयाँसम्म आम्दानी गर्न सकिन्छ । डाटा वैज्ञानिक डाटा वैज्ञानिकहरुको मुख्य काम भनेको तथ्यांकको संकलन र सो सँग सम्बन्धित सुरक्षाको विषय पनि हो । यी क्षेत्रका एक्सपर्टहरुले तथ्यांकलाई विभिन्न तरिकाले प्रयोग गरेर उद्योग, व्यवसाय तथा कम्पनीको विकासका निम्ति भूमिका खेल्ने काम गर्छन् । उदाहरणको रुपमा फुड डेलिभरी एप्लिकेसनको सञ्चालनमा डाटा एक्सपर्टहरुको भूमिका महत्वपूर्ण हुन्छ । यो क्षेत्रका एक्सपर्टहरुले मानिसहरुको सम्पर्क, उनीहरुको रुची, क्षमता, आवश्यकता लगायत विविध विषयमा विश्लेषण गर्ने क्षमता पनि राख्ने गर्दछन् । यो क्षेत्रमा शुरुवाती कमाई वार्षिक ५ देखि ६ लाख हुने गर्छ । रोबोटिक्स इन्जिनियर नामबाटै स्पष्ट हुन्छ की रोबोटिक्स इन्जिनियरहरुले रोबोट बनाउँछन् । जुन रोबोटहरुले आजको समयमा निकै प्रकारका काम गर्ने क्षमता राख्दछन् । रोबोटहरुले कामको सन्दर्भमा मानिसले भन्दा धेरै र राम्रो काम गर्ने गरेको समेत पाइन्छ । ड्रोन त्यसैको एउटा उदाहरण हो। रोबोटिक्स इन्जिनियर बन्न कम्प्युटर इन्जिनियरिङ वा मेकानिकल इन्जिनियरिङमा स्नातकोत्तर गर्नुपर्छ । यो क्षेत्रको पेशागत करिअरमा सुरुमा वार्षिक ६ देखि ८ लाखसम्म आम्दानी हुन सक्छ । एआई अनुसन्धान वैज्ञानिक यी वैज्ञानिकहरुको मुख्य काम भनेकै मेसिन तथा सफ्टवेयरहरुले मानिसको काम कसरी सजिलोसँग गर्न सक्छन भनेर अनुसन्धान गर्नु हो । तिनीहरूले एल्गोरिदमहरू पनि सिर्जना गर्छन्, जसले डेटा विश्लेषण गर्न र ढाँचाहरू बुझ्न मद्दत गर्दछ। तिनीहरू स्वास्थ्य सेवा, वित्त, मार्केटिङ, बीमा र खुद्रा जस्ता क्षेत्रमा काम गर्छन्। उनीहरुको कमाई वार्षिक ७ देखि ९ लाखसम्म हुन्छ । एआई इन्जिनियर यिनलाई मुख्यतया समस्या समाधानकर्ताको रुपमा चिनिन्छ । यिनीहरुले एआईका विभिन्न मोडेलहरू परीक्षण गर्छन् र आफ्नो कामलाई प्रभावकारी बनाउँछन्। तिनीहरूले मेसिन लर्निङ प्रयोग गर्छन् र काममा आउन सक्ने एआई मोडेलहरू सिर्जना गर्छन्। अहिले विश्व बजारमा नै यस्ता एक्सपर्टहरुको निकै माग बढेको छ । एआई इन्जिनियरहरुले करिअरको शुरुवातमा नै वार्षिक १० लाख भन्दा धेरै कमाउन सक्छन् । एजेन्सीको सहयोगमा ।