एक करोड ३९ लाख निजी खर्चमा विद्यालय निर्माण

टक्सार । लाहुरमा कमाएको धेरै रकम खर्चेर यहाँका समाजसेवी कृष्णबहादुर राईले जिल्लाको पूर्वी पौवादुङमा गाउँपालिकामा विद्यालयमा भवन निर्माण गरिदिएका छन् । पौवादुङ्मा गाउँपालिका–२ थर्पूमा रहेको शीतलादेवी आधारभूत विद्यालयका लागि रु एक करोड ३९ लाखको लगानीमा राईले भवन निर्माण गरिदिए । विद्यालयको नयाँ छकोठे भवन निर्माण गरी सोमबार हस्तान्तरण गरेका छन् । पूर्वब्रिटिश आर्मी राईले विद्यालयको भौतिक संरचना जीर्ण देखेकाले आफ्नै ठाउँमा केही गरौँ भन्ने भावनाका साथ विद्यालय निर्माण गरेको बताए । राईले भने, ‘मैले स्वास्थ्य संस्था बनाउने विचार गरेको थिएँ तर स्वास्थ्य चौकी बनिसकेको रहेछ, त्यसपछि विद्यालय भवन जीर्ण देखेपछि शैक्षिक गुणस्तरमा समेत टेवा पुग्ने देखेर भवन निर्माण गरेको हुँ ।’ सत्तरी वर्षका राईले विद्यालय भवनमात्र नभई विद्यार्थी खेल्ने ठाउँसमेत बनाइदिएका छन् । गाउँपालिकाका अध्यक्ष किरण राईले आफू जन्मेहुर्केको ठाउँमा कृष्णबहादुरले गर्नुभएको काम प्रशंसनीय भएको बताए । अध्यक्ष राईले भने, ‘गाउँको विकास गर्नुपर्छ भन्ने भावनाका साथ कृष्णबहादुरले विद्यालयका लागि पक्की भवन बनाएर कीर्ति कायम गर्नुभएको छ ।’ नवनिर्मित छकोठे पक्की भवन र विद्यालयको खेलमैदानमा नै खेल्ने सामग्री पाउँदा विद्यार्थीसमेत दङ्ग छन् । बसाइँसराइ, जन्मान्तरलगायतका कारण हरेक वर्ष विद्यार्थी घट्दै गएको अवस्थामा गुणस्तरीय शिक्षाका लागि बनेको भवनले मद्दत पुग्ने विद्यालयका प्रधानाध्यापक चन्द्र बोगटीले बताए । नवनिर्मित भवनको पञ्चकन्यासहित निर्माणकर्ता कृष्णबहादुर र गाउँपालिकाका अध्यक्ष राईले सोमबार नै उद्घाटन गरे । रासस

प्रोफेश्नल भिसा एण्ड एजुकेशन सर्भिसेसको नयाँ शाखा अष्ट्रेलियाको मेलवर्नमा

काठमाडौं । प्रोफेश्नल भिसा एण्ड एजुकेशन सर्भिर्सेसले अष्ट्रेलियाको मेलवर्नमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नेपालमा काठमाडौंको थापाथलीमा मूख्य कार्यालय रहेको यस सर्भिसेसको यो पाँचौं शाखा हो । नयाँ शाखाको उद्घाटन गर्दै सर्भिसेसका सीईओ तथा डिरेक्टर निशान्त शर्माले मेलवर्नमा प्रतिमहिना ८ हजार जना सर्भिर्सेसको सेवा लिन इच्छुक रहेका बताएका छन् । ‘आफूहरुले मेलर्वनमा सेवाग्राहीहरुका सबै समस्याको समाधान र सेवा प्रदान गर्न यो शाखा सञ्चालनमा ल्याएको उनको भनाई छ । पाँचौ शाखा मेलवर्नको प्रतिष्ठित व्यवसायिक मल एक्सचेन्ज टावरमा छ, जुन शैक्षिक हवको रुपमा प्रसिद्ध छ,’ उनले भने । प्रोफेश्नल भिसा एण्ड सर्भिसेस सन् २०१५ मा स्थापना भएको हो । यसले आफ्नो स्थापनाकालदेखि नै निरन्तर शिक्षा र आप्रवासन (माईग्रेसन) सम्बन्धी सबै प्रकारका सेवा प्रदान गर्दै आएको छ । कम्पनीले आफ्नो गुणस्तरीय सेवाका कारण विभिन्न अवार्डसमेत हात पारिसकेको छ । कम्पनीले सन् २०२२/२३ मा शीर्ष-३ को माईग्रेसन एजेन्ट सिड्नी अवार्ड, सन् २०२२/२३ मै बेष्ट विजनेस अवार्ड, सन् २०२२/२३ मै अष्ट्रेलियन स्मल विजनेस च्याम्पियन फाईनलिष्ट, लोकल विजसेन अवार्ड-२०२२ को विजेता र लोकल विजनेस अवार्ड-२०२३ को फाईनलिष्ट अवार्ड प्राप्त गरेको छ ।

आईआइएमएस कलेजले मनायो जोली क्रिसमस

काठमाडौं । क्रिसमसको पूर्वसन्ध्यामा आईआइएमएस कलेजले जोली क्रिसमस मनाएको छ । कलेजको बीबीए थर्ड समेस्टरमा अध्ययनरत विद्यार्थीको आयोजनामा जोली क्रिसमस मनाइएको हो । हरेक वर्ष क्रिसमसको अवसरमा बीबीए थर्ड समेस्टरमा अध्ययनरत विद्यार्थीले उक्त कार्यक्रम गर्दै आएको स्टुडेन्ट क्लब एण्ड इभेन्ट लिडर श्रेया खड्काले जानकारी दिइन् । उनले भनिन्, ‘विद्यार्थीलाई सिद्धान्तममा मात्र नभई व्यावहारिक अनुभव पनि दिनुपर्छ भन्ने उद्देश्यले हामी हरेक वर्ष यस्तै कार्यक्रम गर्छौँ, सधैको वर्ष जस्तै आजपनि कार्यक्रम गरिएको हो ।’ कलेजमा बिजनेस, मार्केटिङ र म्यानेजम्यान्ट विषय पढ्ने विद्यार्थीहरूलाई कसरी बिजनेस गर्ने, किताबमा पढेको ज्ञानलाई कसरी व्यावहारिक जीवनमा लागु गर्ने भनेर जानकारी दिन कार्यक्रम गरिएको कलेजले जनाएको छ । कार्यक्रममा कलेजका विद्यार्थीले १३ वटा स्टल राखेका थिए । जसमा प्लान्ट्स, फूल लगायतका विद्यार्थीले आफै उत्पादन गरेका र मार्केटबाट ल्याएका विभिन्न सामाग्रीहरू थिए । उनीहरूले मनोरञ्जनमात्र नभई कसरी व्यवसाय गर्ने भन्नेबारे पनि जानकारी लिउन् भनेर उक्त स्टल राख्न लगाइएको कलेजले बताएको छ । क्रिसमसको अवसरमा साथीभाइहरूले एक अर्कालाई उपहार दिने गरिन्छ । कलेजमा रहेका विद्यार्थीले उपहार दिँदा विद्यार्थीले राखेको स्टलबाटै उपहार लिन सहज होस् भनेर पनि स्टल राखिएको कलेजका शिक्षक रोजल जोशीले बताए । साथै, कार्यक्रममा विद्यार्थीहरूले म्यूजिक, डान्स पनि प्रस्तुत् गरेका थिए ।