ज्योति लाइफ द अमेजिङ मोटर र्याली हुँदै, सबैभन्दा ढिलो पुग्ने विजेता
काठमाडौं। ज्योति लाइफ द अमेजिङ मोटर र्याली २०१९” काठमाडौं-पोखरा यात्रा माघ १८ गटे शुक्रबार हुने भएको छ। केजिएच फाउन्डेसन र नेपाल अबुर्द रोग निवारण संस्थाले संयुक्त रुपमा उक्त कार्यक्रम आयोजना गरेको हो। र्याली नेपाल टुरिजम बोर्ड, प्रदर्शनी मार्गबाट शुभारम्भ भई पोखराको बिन्दाबासनी मन्दिर चोक, पोखरा बाग्लुङ हाईवे हुँदै केजिएच हिमालय फ्रण्ट होटल सारङकोटमा पुगी सम्पन्न हुनेछ। पर्यटन प्रबन्धमा टेवा पुर्याउने उदेश्य सहित नेपाल टुरिजम बोर्डको सहयोग र अबुर्द रोग निवारणबारे जनचेतना गर्न अभिब्रिद्द गर्न क्यान्सर रोग बेलैमा उपचर गरे निको हुने सन्देश दिने उदेश्यको साथ उक्त मोटार र्याली आयोजना हुन लागेको हो। यसको अतिरिक्त सुरक्षित ड्राईभिङलाई यस्ता हाईवेहरुमा गाडी चलाऊन प्रोत्साहन गर्ने कार्यक्रमको लक्ष्य रहेको छ। प्रतियोगिता कुनै गाडीले अर्को गाडीलाई उछिनेर पहिलो हुने गाडी दौड नभई नभई आम ब्यक्तिहरुले चलाऊने गाडीको रफ्तारलाई ध्यान दिएर टिडिएसको आधारमा बिजयता घोसणा गरिने छ। सबैभन्दा ढिलो पुग्ने प्रतियोगितामा विजयी हुनेछ।
ग्लोबल आईएमई बैंक र रिलायबल लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । ग्लोबल आइएमई बैंक र रिलायबल लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीले हस्ताक्षर गरेका हुन् । सम्झौता पछि बैंकका १३३ शाखाहरु मार्फत रिलायबल लाइफ इन्स्योरेन्सको जीवन बीमा योजनाहरु खरिद गर्नुका साथै जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु छिटो, छरितो एंव भरपर्दो माध्यमबाट प्राप्त गर्न सकिनेछ । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखा रहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले १३३ वटा शाखा, १५ वटा राजश्व संकलन काउण्टर, १४२ एटिएम, ७ वटा एक्सटेन्सन काउण्टर तथा ११७ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि / सम्र्पक कार्यालय मार्फत आफ्ना ९ लाख ५० हजार भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
सानिमा लाईफ इन्स्योरेन्सले गर्याे कन्चन विकाश र सृजनशिलसँग वीमा सम्झौता
काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्सले कञ्चन विकास बैंक, महेन्द्रनगर तथा सृजनशिल बचत तथा ऋण सहकारी संस्थासंग वीमा सम्वन्धि सम्झौता गरेको छ । महेन्द्रनगरमा छुटाछुटै आयोजित सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा इन्स्योरेन्सका तर्फबाट महा प्रबन्धक शिवराम तिमिल्सिना, कञ्चन विकास बैंकका तर्फबाट बैकका प्रमुख कार्यकारी अधिकृत विरुराम जैशी तथा सृजनशिल बचत तथा ऋण सहकारी संस्थाको तर्फबाट सहकारीका प्रमुख कार्यकारी अधिकृत मदन भट्टले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । उक्त संझौता अनुसार दुवै संस्थाहरुको सम्पुर्ण शाखाहरु बाट ग्राहकहरुले सानिमा लाईफ इन्स्योरेन्सको वीमा सेवा उपभोग गर्न सक्ने छन । उक्त कार्यक्रमहरुमा कम्पनीका मुख्य प्रबन्धक गणेश चौलागाई, वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठ, क्षेत्रिय प्रबन्धक गणेश उप्रेती तथा शाखा प्रमुख रोशन भट्ट लगायतको उपस्थिति रहेको थियो ।