काभ्रेपलाञ्चोकमा पशुवीमाप्रति कृषकको बढ्दो आकर्षण, ९० हजारकाे गरियाे वीमा
काठमाडौं । काभ्रेपलाञ्चोकमा पछिल्लो समय पशुवीमाप्रति कृषकको आर्कषण बढ्दै गएको छ । गाँउ गाँउमा पशुवीमा कार्यक्रमको विस्तारसँगै घरमा भएक पशुहरुको विमा गराउनेहरुको चाप बढेको छ । गाँउका अधिकाशं कृषकहरु पशुवीमा कार्यक्रम आएसँगै पशुपालनप्रति लाभावित भएका छन् । गाउँका अधिकांश कृषकले स्थानीय ज्याम्दी बचत तथा ऋण सहकारी संस्थाले पशुबिमा कार्यक्रम ल्याएपछि साविक पालिरहेको गाईभैँसीको सङ्ख्या बढाएका हुन् । “रोग लागेर भैँसी मरेर दुःख पाइन्छ कि भन्ने नभएपछि आफूले सकुन्जेल तीन भैँसी पालेर दूध बेच्दै आएको स्थानीयवासी हरिप्रसाद पराजुलीको भनाई रहेको छ । सहकारीले तीन वर्षअघि सञ्चालन गरेको पशुबिमा कार्यक्रममा हाल ३४३ परिवारको ५५८ पशु बिमित भएका छन् । सहकारीले भैँसीको रु ६० हजार र गाईको रु ३० हजार वीमा गरेको अध्यक्ष रामकृष्ण तिमल्सिनाले बताएका छन् । सहकारीका सदस्यले आफ्नो पशुबिमा गर्न शुरुमा भैँसीको लागि रु छ हजार र गाईको लागि रु तीन हजार प्रवेश शुल्क तथा वार्षिक रूपमा रु १५० तिरेर बिमा नवीकरण गर्नुपर्ने जनाउँदै पशुवीमावापत ८० प्रतिशत रकम दिइने गरिन्छ”, अध्यक्ष तिमल्सिनाको भनाई रहेको छ । पशुवीमा कार्यक्रमबाट रु १४ लाख १६ हजार १६ जम्मा भएको सहकारीका पशुबिमा उपसमितिका सचिव विदुर सापकोटाले जानकारी दिए । चालू आर्थिक वर्षको छ महीनामा मात्रै ५३ कृषकले पशुबिमा गरेका छन् भने विभिन्न कारणले मरेका तीन भैँसी र चार गाईको रु तीन लाख कृषकलाई प्रदान गरिएको छ । पशुवीमा कार्यक्रम लागू भएपछि हालसम्म विमित पशुमध्ये ४३ गाईभैँसी मरेका छन् । यसवापत सहकारीले पशु मरेका कृषकलाई करीब रु १५ लाख बिमा रकम प्रदान गरिसकेको छ । रासस
१८ प्रकारका रोग बिरुद्ध एशियन लाइफले बीमा सुरक्षा प्रदान गर्ने, ५० लाखसम्म उपचार खर्च दिने
काठमाडौँ । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले क्यान्सर सहित १८ प्रकारका घातक रोगहरुविरुद्ध बीमा सुरक्षा प्रदान गर्न ‘एशियन क्रिटिकल केयर’ पूरक करार सार्वजनिक गरेको छ । यो ऐच्छिक सुविधा (पुरक करार) बाट बीमितले क्यान्सर, हृदयघात, मस्तिष्क घात, किड्नी फेलियर, कोमा लगायतका १८ प्रकारका घातक रोग मध्ये कुनै पनि एक घातक रोग निरुपण भएमा उपचार खर्चवापत एकमुष्ठ ५० लाखसम्म भुक्तानी पाउँछन् । मानव स्वास्थ्यमा कुनै गडबडीको कारण आइपर्ने गम्भीर रोगको उपचारमा जीवनभरीको पसिनाको कमाई निमेषभरमै स्वाहा हुनसक्छ । यस्तो गम्भीर रोगको उपचार खर्चको लागी ‘एशियन क्रिटिकल केयर (घातक रोग लागेमा थप सुविधा दिने बारेको पूरक करार)’ ले बीमितलाई तनावबाट टाढा राख्ने कम्पनीका प्रमुख कार्यकारी अधिृकत राजेशकुमार श्रेष्ठले बताए । मुख्य विशेषताहरु: – १८ वटा घातक रोगविरुद्धको रक्षावरण । – ५० लाख सम्मको एकमुष्ठ बीमा रकम प्राप्त हुने । – बीमा रकम लिन अस्पतालको बील पेश गर्नु नपर्ने । – बीमाङ्क ५० हजारदेखि ५० लाखसम्म । – प्रवेश उमेर १६ वर्षदेखि ६० वर्षसम्म । कम्पनीले २९ वटा शाखा र ७९ वटा उपशाखा गरी १०८ वटा कार्यालयमार्फत् सेवाग्राहीलाई घरदैलोमा बीमा सेवा प्रदान गर्दै आईरहेको छ । कम्पनीको हाल अधिकृत पूँजी ५ अर्ब, चुक्ता पूँजी १ अर्ब २५ करोड ६७ लाख रुपैयाँ रहेको छ भने २०७५ पौष मसान्तसम्म करिब १५ अर्ब रुपैयाँ बराबरको जीवन बीमा कोष रहेको छ ।
साधना लघुवित्तले सदस्य कर्जा मिनाहा तथा बीमा दाबी भुक्तानी
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले कर्जा कारोबार तथा बीमादाबी रकम भुक्तानी गर्दै आएको छ । शाखा कार्यालय घ्याम्पेशालबाट कर्जा कारोबार गरेका जुनामाया सर्कीनीको निधन पछि ३३,८०७ कर्जा मिनाहा वापत रकम भुक्तानी गरेको छ । त्यस्तै नेपाल लाईफ इन्स्योरेन्ससँगको सहकार्यमा मृतकका श्रीमान सुसुरके दमाईलाई बीमादाबी रकम वापत १ लाख ५ हजार रकम भुक्तानी गरिएको वित्तिय संस्थाका घ्याम्पेशाल शाखा प्रमुख पदम दहालले जानकारी दिएका थिए । सोही अवसरमा संस्थाको प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले संस्थाद्धारा प्रदान गरिने सेवा सुविधाको बारेमा जानकारी गराउँदै सामाजिक उत्तरदायित्वको क्षेत्रमा वित्तीय संस्थाले भविष्यमा थप योगदान गर्ने बताएको छ ।