अजोड इन्स्योरेन्सको नाफा १ करोड २३ लाख, बीमा शुल्क १२ करोड १३ लाख
काठमाडौं । अजोड इन्स्योरेन्सले १ करोड २३ लाख नाफा कमाएको छ । कम्पनीले २०७५ पुस मसान्त अवधीमा सो नाफा आर्जन गरेको हो । अजोडले असोज मसान्तमा ५८ लाख नाफा आर्जन गरेको थियो । सञ्चालनम आएको ६ महिना नपुग्दै कम्पनीले आफ्नो नाफालाई करोडको आँकडामा पुर्याएको हो । यसैबिच अजोडले कुल बीमा शुल्क पनि १२ करोड १३ लाख पुर्याईसकेको छ । १३ हजार २ सय २८ वटा बीमा लेख बिक्रि वापत कम्पनीले सो मात्रामा बीमा शुल्क आर्जन गरेको हो । अजोडमा २२ वटा दावी वापत २१ लख भुक्तानी गरिसकेको छ भने ५७ वटा दावीको भुक्तानी प्रक्रिया अघि बढाएको छ । ७० करोड चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा २ करोड ४२ लाख जम्मा भैसकेको छ ।
अजोड इन्स्योरेन्स र लिचि टेक्नोलोजीबीच बीमा सेवा सम्झौता
काठमाडौं । अजोड इन्स्योरेन्स र लिचि टेक्नोलोजीको नयाँ योजना चुकल डट कमसँग सहकार्य गर्दै बीमा सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ । अजोड इन्स्योरेन्सका सहायक महा प्रबन्धक महेशराज खरेल र लिचि टेक्नोलोजीका अध्यक्ष शिव न्यौपानेले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतापत्रमा लिचि टेक्नोलोजीका ग्राहकहरूले अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जिवन बीमा अन्तर्गत सामूहिक दुर्घटना बीमा तथा सेंधमारी तथा नकवजनी बीमा सम्बन्धि सुविधा लिचि टेक्नोलोजीका सबै ग्राहकहरुले प्राप्त गर्न सक्ने अजोड इन्स्योरेन्स कम्पनीले जनाएको छ ।
५ वर्षभित्र उत्कृष्ट कम्पनी बन्ने लक्ष्य सहित महालक्ष्मीका ३ नयाँ बीमा योजना
काठमाडौ । महालक्ष्मी लाईफ ईन्स्योरेन्स लिमिटेडले नयाँ बीमा योजना सार्वजनिक गरेको छ । १९ औं बीमा कम्पनीका रुपमा महालक्ष्मीले यही माघ २७ गते बसन्त पञ्चमीका दिनदेखि सेवा शुभारम्भ गर्ने विहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । पत्रकार सम्मेलनमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सिइओ) रमेशकुमार भट्टराईले नयाँ बीमा योजना सहित सेवा शुभारम्भका बारेमा जानकारी दिएका हुन् । कम्पनीले महालक्ष्मी डबल सावधिक बीमा, महालक्ष्मी लगानी फिर्ता म्यादी बीमा तथा महालक्ष्मी सावधिक बीमा गरी ३ किमिमका बीमा योजनाहरु सार्वजनिक गरेको छ । योजना बिक्रीका लागि कम्पनीले बीमा समितिबाट स्वीकृती समेत लिइसकेको छ । पत्रकार सम्मेलनमा सिइओ भट्टराई भने-‘हामीले ल्याएका बीमाका योजनाहरु नेपाली बीमा बजारमा विल्कुलै नयाँ छन् , किनकी महालक्ष्मीले सार्वजनिक गरेको जस्तो अफर अहिलेसम्म कुनै कम्पनीले दिएका छैनन । ’ कान्छो कम्पनीका रुपमा आफूहरु आएकाले अवसर र चुनौती दुवैको सामना गर्नुपर्ने अवस्था रहेको उनले बताए । महालक्ष्मी डबल सावधिक बीमा योजनामा बोनसको गणना गर्नै नपर्ने गरी तोकिएको अवधी समाप्ती पछि बीमाङ्कको दोब्बर रकम भुक्तानी गर्ने ग्यारेन्टी गरिएको छ । यस्तै, लगानी फिर्ता म्यादी बीमा योजना अन्तर्गत बीमा शुल्क भुक्तानी पश्चात तोकिएको अवधिमा कुनै घटना भएमा एक मुष्ट बीमाङ्क रकम भुक्तानी पाउने र घटना नभएमा अवधि समाप्तपछि जम्मा गरेको बीमा शुल्क जस्ताको त्यस्तै पाइने छ । साथै, तेस्रो महालक्ष्मी सावधिक बीमा योजनामा भने न्यूनतम बीमा शुल्क सुरक्षा पाईने, बचत हुने र कम्पनीको नाफामा समेत सरिक हुन पाईने अवसरहरु रहेका छन् । कम्पनीले माघ मनिा भित्रै काठमाडौ, वीरगंज र पोखराबाट कारोबार गर्ने शुरु गर्ने पत्रकार सम्मेलनमा बताइयो । फागुनको दोस्रो साता इटहरी, सुर्खेत, धनगढी र कोहलपूरबाट कारोबार सञ्चालनमा ल्याउने प्रयास भईरहेको कम्पनीले जनाएको छ । साथै, सातै प्रदेशमा कार्यालयहरु एकसाथ औपचारिक रुपमा उद्घाटन गरिने छ । कम्पनीले बीमा समितिबाट १३ वटा शाखा कार्यालय सञ्चालको स्वीकृती लिएको छ । कम्पनीको चुक्ता पूँजी २०० करोड रुपैयाँ रहेको छ । संस्थापकहरुबाट १४० करोड रुपैयाँ चुक्ता भईसकेको छ भने ६० करोड रुपैयाँ सर्वसाधारणका लागि छुट्याईएको छ । आगामी असार मसान्तसम्ममा करिब ५० करोड बीमा शुल्क संकलन गर्ने कम्पनीको लक्ष्य रहेको छ । कम्पनी सञ्चालन भएको २ बर्ष भित्र १० वटा नयाँ बीमा कम्पनीहरु मध्ये पहिलो हुने र आगामी ५ बर्ष भित्र सम्पूर्ण बीमा कम्पनी मध्येमा उत्कृष्ट रहने लक्ष्य रहेको सिइओ भट्राईले पत्रकार सम्मेलनमा बताए । कम्पनीको सञ्चालक समितिको अध्यक्ष मनोरञ्जनरमण शर्मा र सञ्चालकहरु उमेशलाल श्रेष्ठ, मोहनराज जोशी र सुरेश सापकोटा रहेका छन् ।