नेपाल एसबिआई बैंक नाफा बढाउन असफल, ९० करोडमै खुम्चियो

काठमाडौं । नेपाल एसिबआई बैंकको नाफा घटेको छ । २०७४ पुस मसान्तमा ९१ करोड नाफा कमाएको बैंकले २०७५ पुसमा ९० करोड मात्रै नाफा कमाउन सफल भएको हो । एसबिआईले असोज मसान्तदेखि पुस मसान्त अवधीमा निक्षेप भने ९४ अर्बबाट बढाएर ९७ अर्ब पुर्याएको छ । बैंकको कर्जा लगानी पनि असोज मसान्त ८४ अर्ब रहेकोमा पुसमा ९० अर्ब पुर्याएको छ । बैंकको सिडी रेसियो भने ७७.७७ प्रतिशत रहेको छ । बैंकले ५ अर्ब ३६ करोड ब्याज आम्दानी र ३ अर्ब १७ करोड ब्याज खर्च गर्दा खुद ब्याज आम्दानी २ अर्ब १९ करोड गर्न सफल भएको छ । बैंक आधार ब्याज दर ९.८२ प्रतिशत रहेको छ भने कस्ट अफ फण्ड ५.९१ प्रतिशत रहेको छ । ०.१९ प्रतिशत खराब कर्जा रहेको बैंकको प्रति सेयर आम्दानी २४ रुपैंयाँ २१ पैसा रहेको छ ।

प्रदेश नं १मा सानिमा लाईफ इन्स्योरेन्सका ३ शाखा

काठमाडौं । सानिमा लाईफ इस्योरेन्सको नयाँ शाखा प्रदेश नं १मा विस्तार भएका छन् । प्रदेश नं १ का जि.स.स अध्यक्ष गणेश बरालले उक्त इन्स्योरेन्स इलाम शाखा कार्यालय उद्घाटन गरेका थिए । कम्पनीको दमक शाखा कार्यालयको उद्घाटन भएको हो । इनरुवा न.पा का नगर प्रमुख राजन मेहेताबाट इनरुवा शाखा कार्यालयको संयुक्त रुपमा रिवन काटी उद्घाटन गरेका थिए । उक्त अवसरमा कम्पनीका महा प्रबन्धक शिवराम तिमल्सिना र मुख्य प्रबन्धक गणेश चौलागाइ उपस्थिती थियो ।

अजोड र धनगढी क्रिकेट एकेडेमीबीच सम्झौता: खेलाडी, अफिसियल व्यवस्थापक र दर्शकहरुको बीमा

काठमाडौँ । धनगढी क्रिकेट एकेडेमीले अजोड इन्स्योरेन्स लि.सँग अफिसियल इन्स्योरेन्स साझेदारको रुपमा सहकार्य गर्न सम्झौता गरेको छ । माघ १० गते सम्झौता पत्रमा अजोड इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमारवहादुर खत्री र एकेडेमीका तर्फबाट अध्यक्ष सुभाष शाहीले हस्ताक्षर गरेका छन् । उक्त सम्झौतामा अजोड इन्स्योरेन्स लि.ले माघ २६ गते देखी फागुन ११ गतेसम्म संचालन हुने क्रिकेट खेलमा संलग्न खेलाडी, अफिसियल व्यवस्थापक र दर्शकहरुको बीमा गरिदिनुको साथै दर्शकदीर्घामा प्रत्येक खेलमा क्याच समात्ने पहिलो दर्शकलाई दश हजार इनाम प्रयोजन गरिएको छ ।