कोरोना उपचार कोषमा धितोपत्र बोर्डले दियो ५० लाख, सेयर कारोबार गर्ने सबैलाई पैसा हाल्न अपिल
काठमाडौं । कोरोना भाइरस संक्रमण रोगथाम एवं नियन्त्रण उपचार कोषमा नेपाल धितोपत्र बोर्डले ५० लाख रुपैयाँ जम्मा गर्ने भएको छ । विश्वव्यापी महामारीको रुपमा द्रुत गतीमा फैलिरहेको कोरोना भाइरस रोगको संक्रमणलाई मुलुकभित्र फैलिन नदिन तथा सोको रोकथाम एवं नियन्त्रणका लागि नेपाल सरकारबाट भैरहेको प्रयास तथा सो प्रयासमा आ–आफनो तर्फबाट सहयोग गर्न सरकारले आह्वान गरेपछि बोर्डले उक्त निर्णय लिएको बोर्डका प्रबक्ता तथा कार्यकारी निर्देशक निरज गिरीले बताए । बोर्डले यस विपत्तीको घडिमा सरकारले चालेको रोग नियन्त्रणको अभियानमा आ–आफनो तर्फबाट समेत सहयोग पु¥याउन पूँजीबजारका सबै सहभागीहरु नेप्से, सिडिएसी, क्रेडिट रेटिङ्ग संस्थाहरु, मर्चेण्ट बैंकरहरु, धितोपत्र दलाल व्यवसायीहरु, आस्वा सदस्यहरु तथा सूचीकृत कम्पनीहरु लगायतका संस्थाहरुलाई सो खातामा यथासक्दो रकम जम्मा गरी सहयोग पु¥याउन हुन समेत नेपाल धितोपत्र बोर्ड अनुरोध गरेको उनले जानकारी दिए ।
बीमा कारोबार सहज बनाउने निर्णय, अबस्था सामान्य भएपछि पोलिसी नविकरण पाइने
काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरूकाे काराेबारलाइ सहज बनाउने गरी निर्देशनहरू जारी गरेकाे छ । विश्वभरी महामारीकाे रूपमा काेराेना भाइरस फैलिएकाे र अत्यावश्यक सेवाभित्र पर्ने बीमा सेवा सञ्चालन गर्नु पर्ने अवस्थामा बीमा समितिले बीमा काराेबारकाे भुक्तानी प्रकिया सरल बनाएकाे हाे । बीमा कम्पनीहरूले बीमालेख जारी गर्दा वा नविकरण जुनसुकै माध्यमबाट बीमाशुल्क संकलन गर्न सक्ने व्यवस्था गरिएकाे समितिले जनाएकाे छ । बीमा क्षेत्रमा धेरै काराेबार चेक भुक्तानी विधिबाट हुने गरेकाेमा अब डिजिटल काराेबारले प्राथमिकता पाउने छ । बीमा समितिले जीवन बीमा शुल्क बुझाउने समय पनि थपेको छ । तोकिएको समयमा शुल्क बुझाउन नसकेमा बीमालेख व्यतित नहुँने र उक्त बीमा शुल्क सबै सार्वजनिक सेवा सामान्य भएको १५ दिनभित्र बुझाउन सकिने व्यवस्था समितिले गरेको छ । यस्तै, निर्जीवन बीमा कम्पनीले बीमालेख अवधी सकिएको समय अगाडि नै जानकारी दिनुपर्ने निर्देशन बीमा समितिले दिएकाे छ ।
कोरोना रोकथाम कोषमा बीमा समितिले २ करोड दिने
काठमाडाैं । कोरोना रोकथाम कोषमा बीमा समितिले २ करोड रूपैयाँ सहयाेग गर्ने भएकाे छ । बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिको सोमबार बसेको सञ्चालक समिति बैठकले उक्त निर्णय गरेकाे हाे । सरकारले कोभिड–१९ सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचारकाे लागी चैत ९ गते मात्र उक्त काेष स्थापनाका गरेकाे थियाे ।