सिटिजन लाइफ इन्स्योरेन्सले सम्पूर्ण कर्मचारीहरुको गर्यो कोरोना बीमा
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कोभिड-१९ माहामारीको विरुद्ध आफ्ना सम्पूर्ण कर्मचारीहरुलाई १ लाख रुपैयाँको बीमालेख प्रदान गरेको छ । अप्ठयारो अहिलेको यस परिस्थितिमा सिटिजन लाइफ इन्स्योरेन्सले आफ्ना सम्पूर्ण कर्मचारीहरुलाई यो सुविधा उपलब्ध गरेको हो । उक्त बीमालेख कम्पनीले आफुसँग आवद्ध कर्मचारीहरुको लागी भनेर निर्र्जीवन बीमा कम्पनी, शिखर इन्स्योरेन्सबाट सामुहिक बीमा पोलिसी खरिद गरेको हो । बीमा समितिद्वारा कोरोना भाइरस (कोभिड-१९) बाट हुने रोगको रक्षावरण गरिने भनेर नयाँ बीमलेख जारी भएपछि सिटिजन लाइफले आफ्नो कर्मचारीलाई यो सुविधा दिने बिषयमा निर्णय गरेको हो । कोरोना लागेको पिसिआर परिक्षणमा पोजेटिभ देखिने बित्तिकै बीमा रकम दावी भुक्तानी लिन पाइनेछ । यस बीमलेखले कर्मचारीहरुलाई एक वर्षसम्म सुरक्षा प्रदान गर्दछ । सिटिजन लाइफ सदैब आफ्नो टिमको मनोबल उच्च राख्न र कम्पनीमा आबद्ध लिडर हरुको सेवा र क्षमता बृद्धी बिकाससा अग्रणी भूमिकामा रहदै आएको छ । यसको साथै कम्पनीले ग्राहकलाई बिमा शु्ल्क भुक्तानीमा अझ सहज हुने गरि डिजिटल प्रविधि फोनपे मार्फत भुक्तानी गर्न सकिने व्यवस्था पनि गरेको छ ।
सिटिजन लाइफको प्रिमियम अब फोन पे मार्फत भुक्तानी
काठमाडौं । सिटिजन लाइफको प्रिमियम अब फोन पे मार्फत तिर्न सकिनेछ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले लकडाउनको अहिलेको परिस्थितिमा ग्राहकवर्गहरुले सहजरुपमा बिना कुनै झन्झट घर बसेरै अनलाइन एप मार्फत प्रिमियम तिर्न सकिने सेवा फोन पेको शुरुवात गरेको छ । अनलाईन पेमेन्ट सिस्टम फोन पेको माध्यमद्वारा नेपालको ५० भन्दा अधिक बैंकहरुको मोबाइल बैंकिङ्ग एप सेवा प्रयोग गरेर सिटिजन लाइफ इन्स्योरेन्समा रहेको आफ्नो बीमा शुल्क सहज रुपमा भुक्तानी गर्न सकिनेछ । कम्पनीले सदैब आधुनिक तथा नविनतम प्रबिधिलाई ग्राहकको सेवामा ल्याउने योजना अनुसार अघि पनि ई सेवा तथा डिजिटल बैङ्किङ्ग मार्फत सिटिजन लाइफ इन्स्योरेन्सको बीमा शुल्क घरैबाट तिर्न सकिने व्यवस्था गरको थियो । यस फोन पे एपले बीमा शुल्क तिर्न थप विकल्पको साथै थप सहजता प्रदान गरेको छ ।
गुराँस लाइफको बीमा शुल्क इसेवाबाट भुक्तानी गर्न सकिने
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको बीमा शुल्क इसेवाबाटभुक्तानी गर्न सकिने भएको छ । यो सँगै गुराँस लाइफ इन्स्योरेन्स्मा बीमा गरेका बिमितले आफ्नो नियमित बिमा शुल्क इसेवाको मोबाईल एप्स् तथा इन्टरनेटबाट सहजै भुक्तानी गर्न सकिनेछ । यस्तै इसेवा एकाउन्ट नभएका ग्राहकले इसेवाका देशभर रहेका कुनैपनि जोन पोइन्ट मार्फत बीमा शुल्क तिर्न सकिन्छ । गुराँस लाइफको प्रिमियम अनलाइन भुक्तानी गर्न सकिने सेवाको सुरूवात भएसँगै इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने । ‘हामीले पछिल्ला दिनमा जीवन बीमाको प्रिमियम बुझाउन काउन्टर तथा एजेन्ट सम्म पुग्न पर्ने बाध्यतालाई अन्त्य गर्नका लागि यो सेवा सुरु गरेका हौँ । यस किसिमको सहकार्यले बमितहरूले घरमै बसेर सजिलै सँग प्रिमियम भुक्तानी गर्न सक्नुहुनेछ ।’ देशभरी ९० हजार भन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेको इसेवाबाट प्रत्यक्ष, अप्रत्यक्ष रुपमा एक करोडभन्दा बढिले सेवा लिइरहेका छन् । इसेवामा खाता खोल्नेको संख्या ३० लाख नाघिसकेको छ । इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । कम्पनीले मुलुकभर ७६ वटा शाखा मार्फत सेवा दिँदै आएको छ । कम्पनीले गुराँस सावधिक जीवन बीमा योजना, गुँरास अग्रिम भुक्तानी सार्वधिक जीवन बीमा योजना, गुँरास जीवनश्री (सार्वधिक र आजीवन) बीमा योजना, गुँरास बाल सुरक्षा जीवन बीमा योजना, गुराँस संजीवनी अग्रिम भुक्तानी जीवन बीमा योजना, गुराँस जीवन रक्षक (सीमित भुक्तानी सावधिक जीवन बीमा योजना) जस्ता बीमा योजना सञ्चालन गरिरहेको छ ।