लकडाउनमा पनि सिटिजन लाइफ इन्स्योरेन्सले हस्तान्तरण गर्यो मृत्यु दावी भुक्तानी
महेन्द्रनगर । लकडाउनको समयमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको महेन्द्रनगर शाखाले बीमा दावी वापत ४ लाख १५ हजार २ सय रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीले प्रदेश न ७, कंचनपुर, बेदकोट न. पा. वडा न. ३ निवासी बीमित स्व. मोहन चौधरीकी धर्मपत्नी सरिता चौधरीको बैंक खातामा उक्त रकम जम्मा गरिदिएको हो । लकडाउनका कारण कुनैपनि दाबी भुक्तानी कार्यक्रमको आयोजना गर्न नमिल्ने हुनाले ई-बैंकिङ सेवा प्रयोग गरी सिधैं निजको बैंक खातामा जम्मा गरेको कम्पनीले जनाएको छ । बीमितले २२ महिना अगाडी मात्र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा २ लाख रुपैयाँको बीमा गरेका थिए भने बीमितले अहिलेसम्म जम्मा २ किस्ता गरी ३२ हजार ४ सय ९० रुपैयाँ कम्पनीलाई बुझाएका थिए । बीमितको मोटरसाईकल दुर्घटनाका कारण २०७७ साल्, जेठ ५ गते निधन भएको थियो । श्रोत अनुसार बीमितको परिवारमा उनको श्रीमती र दुई नाबालक छोराहरु छन् । कम्पनीले परिवारका सदस्यलाई बीमा बापतको रकम हस्तान्तरण गरे पश्चात सो रकमले परिवारका आश्रित सदस्यहरुको स्तरिय जीवनयापनका साथै सन्ततिको उच्च शिक्षा एवम् अन्य सामाजिक कार्य गर्न सहयोगी हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले उल्लेख गरेका छन् । उनले सानो सानो रकम बचत गरेर परेका बेला जोखिम समेत बहन गर्न सक्ने रहेकाले बीमा सम्बन्धि चेतना बढाउनुपर्नेमा जोड दिए । उनले कम्पनीमा रहेका बीमित, अभिकर्ता लगायत अन्य सरोकारवालालाई गुणस्तरीय सेवा प्रदान गर्न सदैव प्रतिवद्ध रहेको र सोलाई आगामी दिनमा समेत निरन्तरता दिईने बताए । साथै, कोरोना भाइरसले गर्दा निम्तिएको यस बिषम पेरिस्थितीमा सबैलाई सावधान र सुरक्षित रहन सुझाव दिएका छन् ।
आर्थिक वर्ष २०७७/७८ को बजेटमा यसरी समेटियो बीमा क्षेत्र
काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट मार्फत अर्थतन्त्रमा देखिएको शिथिलताका कारण वित्तिय क्षेत्रको स्थाईत्व र सेवा प्रभावहमा प्रतिकूल असर पर्न नदिने बताएको छ । सोही प्रयोजनकालागि नियमनकारी व्यवस्था मिलाईने भएको हो । कोभिड-१९ को असर न्यूनिकरणकालागि प्रभावित उद्योग व्यवसायको शिघ्र पुर्नउत्थान गर्ने, नयाँ लगानी प्रवर्धन गर्ने र उत्पादन अभिवृद्धि तथा रोजगारी सिर्जनाकालागि वित्तीय क्षेत्रको स्रोत परिचालन गरिने भएको छ । वित्तीय पहुँचको अभिवृद्धी गर्दै वित्तीय साधनलाई उत्पादनमुखी बनाईने भएको छ । यस्तै, बैक तथा वित्तीय संस्थाहरुलाई एक आपसमा गाब्न प्रोत्साहित गरिनेछ । भुक्तानी प्रणालीलाई आधुनिक, सुरक्षित तथा प्रविधिमा आधारीत बनाईने भएको छ । साथै, बैकहरुबाट प्रवाह हुने सहुलियत पूर्ण कर्जा कार्यक्रमको पूर्ण संरचना गरिने भएको छ । साथै, सहुलियत पूर्ण कर्जा कार्यक्रमको दायरापनि बढाईने भएको छ । यस्तो कर्जा ५ प्रतिशत ब्याजदरमा उपलब्ध हुनेछ । आगामी दिनमा सहुलित पूर्ण कर्जाको सुरक्षण र बीमा प्रिमियमको ५० प्रतिशतसम्म अनुदान लिन सकिन्छ । साथै, ब्याज, कर्जा, सुरक्षण तथा बीमा प्रिमियम अनुदानकालागि १३ अर्ब ९६ करोड रुपैयाँ सरकारले विनियोजन गरेको छ । बैक तथा वित्तीय क्षेत्रलाई बाह्य पूँजी परिचालन गर्न प्रोत्साहित गर्ने तथा लघु वित्त संस्थाहरुको दक्षता अभिवृद्धि गरी कर्जाको व्याजदर यथार्थ परक बनाउने बजेटमा उल्लेख छ । आम नागरिकमा पहुँच पुग्ने गरि बीमाको दायरा बिस्तार गर्ने सरकारले बजेट वक्तव्य मार्फत जानकारी दिएको छ । बीमा दाबी व्यवस्थालाई सहज र सरल बनाई तोकिएको समय भित्र भुक्तानी सुनिश्चित गर्ने तथा घुम्त्ती बीमा कार्यक्रम संचालन गरी कृषि र लघु उद्यम व्यवसायमा बीमाको पहँच अभिवृद्धि हुने बताइएको छ । कोभिड–१९ का कारण संचालनमा आउन नसकेका उद्योग प्रतिष्ठान एवम् यातायातको साधनको बीमा पोलिसीको म्याद लकडाउनको अवधिसम्म थप हुने भएको । आर्थिक वर्ष २०७७/७८ को बजेट मार्फत अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त जानकारी दिएका हुन् ।
अब घुम्त्ती बीमामा सरकारले सघाउँने, बन्द उद्योगको बीमा पोलिसीको म्याद लकडाउन भरी थपिने
काठमाडौं । सरकारले घुम्त्ती बीमा कार्यक्रम संचालन गरी कृषि तथा लघु उद्यम व्यवसायमा बीमाको पहुँच बढाउने भएको छ । आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री डा. युवराज खतिवडाले सो कुरा बताएका हुन् । कोरोना महामारीका कारण संचालनमा आउँन नसकेका उद्योग प्रतिष्ठान तथा यातायातको बीमा पोलिसीको म्याद थपिने भएको छ । उक्त म्याद लक डाउनको अवधि भरी थपिने भएको हो ।