बीमा क्षेत्रमा कर्मचारी टर्नओभरः लकडाउनले एउटा आकार दियो, तानातानको स्थिति हट्दै

काठमाडौं । लकडाउनकै कारण बीमा क्षेत्रमा कर्मचारीहरु एक कम्पनीबाट अर्को कम्पनी जाने (टर्नओभर) प्रकृयाको निकै हदसम्म अन्त्य गरेको छ । कम्पनीहरुले कर्मचारी कटौतिको प्रक्रिया सुरु गरेका कारण कर्मचारी टर्नओभर रोकिएको हो । बीमा समितिले लक डाउनको अवधिमा कर्मचारी टर्नओभरले आकार पाउँदै आएको जनाएको छ भने बीमा कम्पनीहरुका प्रमुुख कार्यकारी अधिकृतहरुले पहिले जस्तो तानातानको स्थिति नरहेको बताएका छन् । बीमा समितिका अध्यक्ष चिरञ्जीवि चाँपागाईका अनुुसार पछिल्लो समय लाईसेन्स पाएका बीमा कम्पनीहरुमा कर्मचारी आवश्यक भएकाले टर्नओभर धेरै चलेको थियो । ‘नयाँ बीमा कम्पनीहरुलाई लाइसेन्स दिएको १ देखि २ वर्षसम्म यो कर्मचारीहरुको टर्नओभर बढी थियो, अहिले त्यसमा कमी आएको छ, २०६० सालतिर बैकिङ् क्षेत्रमा पनि त्यस्तै माहोल चलेको थियो, पछि यो क्रम आफै कम हुदै जान्छ, लकडाउनमा कसले कसलाई नियुक्ति गर्ने भन्ने कुरा प्रथमिकतामा पर्दैन, अब टर्नओभरले आकार लिदैछ’, अध्यक्ष चापागाईँले विकासन्युजसँग भने । तत्कालका लागि लकडाउनले टर्नओभरमा असर पारेको तथा बीमा कम्पनीहरुले व्यवसाय सामान्य रुपमा संचालन गर्न नपाएको अवस्थामा कर्मचारीको माग नहुनु स्वभाविक रहेको अध्यक्ष चापागाईँको तर्क छ । सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याललका अनुुसार वित्तीय क्षेत्रमा राम्रो काम गर्ने व्यवसायिक व्यक्तिहरु एक कम्पनीबाट अर्काे कम्पनीमा जानु स्वभाविक हो । ‘अहिले टर्नओभर हुने कुरै भएन, सुरुमा नयाँ कम्पनीको सेटअपमा यो कुरा चलेको हो, पहिले एकतिर काम गर्दा–गर्दै अर्कौ कम्पनीमा कर्मचारी पुगेको पनि पाईन्थ्यो, अब त लकडाउनकै टुङ्गो छैन, यसले धेरै कुरामा असर पार्छ, त्यस्तै पछिल्लो समय सुस्ताउँदै गएको टर्नओभरको कुरामा त प्रभाव पार्ने नै भइहाल्यो’, सन नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत अर्यालले भने । ज्योति लाईफ ज्योति लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीका अनुसार अहिले कोरोना महामारीले अवस्था केही अनिश्चित बनाएको छ र पहिलेदेखि आवद्ध रहेको संस्थामै दीर्घकालिन रुपमा काम गर्दा राम्रो हुन्छ । ‘अर्को कम्पनीमा आफ्नो भविष्य राम्रो हुन्छ भनेर कर्मचारीहरु जाने हो, अहिले त महामारी कहिलेसम्म चल्ने भन्ने केही थाहाँ छैन, यस्तो अनिश्चित बेलामा सबैले मिलेर काम गर्नु राम्रो हुन्छ, अर्को कम्पनीमा गएर माहोल बुझ्ने समय पनि होइन, कर्मचारी टर्नओभर लकडाउन अघिदेखि नै निकै हदसम्म कम हुन थालेको थियो’, ज्योति लाईफका प्रमुख कार्यकारी अधिकृत खत्रीले भने । लुम्बिनी जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नुरप्रकाश प्रधानले दिएको जानकारी अनुसार अहिले लकडाउनको समय भनेको कर्मचारी निकाल्ने राख्ने बेला होइन । ‘बीमा क्षेत्र व्यवसायमा पनि तानातान कर्मचारीमा पनि तानातानकै अवस्था रहेको क्षेत्र हो, अहिले लकडाउनको अवधिमा भने कर्मचारी खासै कसैले तान्नु पर्ने अवस्थामा छैन, लुम्बिनी जनरलकै कुरा गर्दा पनि हामीले खासै त्यस्तो सोच बनाएका छैनौँ’, प्रमुख कार्यकारी अधिकृत प्रधानले भने । अजोड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीका अनुसार अहिलेको स्थितिमा काम गर्ने वातावरण बनाउँन नै केही कठिन छ भने यस्तो अवस्थामा कम्पनीहरु कर्मचारीहरु लिन कम्पनीहरु उत्साहित छैनन् । ‘लकडाउनमा त्यसै सबै जना घरमै छन्, टर्नओभर त पहिलेको तुलनामा बिस्तारै केही कम हुँदै थियो, तत्कालका लागि सबै घरमै रहनु पर्ने अवस्थामा कसले कसलाई लिनु र’, प्रमुख कार्यकारी अधिकृत खत्रीले भने ।

सानिमा जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा सुद्युम्न उपाध्याय नियुक्त

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुद्युम्न उपाध्याय नियुक्त भएका छन् । गत शुक्रबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उपाध्यायलाई आगामी चार वर्षका लागि सीईओ पदमा नियुक्त गरेको सञ्चालक डा हेमन्तकुमार दवाडीले जानकारी दिए । उपाध्यायलाई सीईओमा नियुक्त गर्ने कम्पनीको प्रस्तावलाई बीमा समितिले गत साता स्वीकृत दिएको थियो । नब नियुक्त सीईओ उपाध्यायले आईतबारदेखि जिम्मेवारी समालेका छन् । विगत २३ वर्षदेखि बीमा क्षेत्रमा कार्यरत उपाध्याय यसअघि प्रिमियर इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृत थिए । प्रिमियरमा ४/४ वर्षको दुई कार्यकाल सकेपछि उनी कुलिङ पिरियड बिताउन घरमा बसेका थिए । सानिमा जनरल इन्स्योरेन्स स्थापनाकाल देखि नै उपाध्ययले बाहिरबाट अनौपचारिक रुपमा सहयोगि भूमिकामा खेलेको बताइएको थियो । कम्पनीले सेवा सञ्चालन गरेकाे २ वर्षपछि उनलाई नै  प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएकाे छ । अहिलेसम्म प्रमुख कार्यकारी अधिकृत पद खाली थियो भने व्यवस्थापकीय नेतृत्व नायव महाप्रबन्धक सुबोधलाल श्रेष्ठले गर्दै आएका थिए ।

एक्सिलेन्ट सेक्युरिटि सर्भिसका सबै कर्मचारीको कोरोना बीमा प्रभु इन्स्योरेन्समा

काठमाडौं । एक्सिलेन्ट सेक्युरिटि सर्भिस प्रा.लि.ले आफ्ना सबै कर्मचारीहरुको कोरोना भाईरस (कोभिड १९) विरुद्धको बीमा गराएको छ । सेक्युरिटि सर्मिसले उनीहरुको स्वास्थ्यको ख्याल गर्दै प्रभु इन्स्यारेन्सबाट प्रतिकर्मचारी ५० हजार रुपैयाँका दरले कोरोना बीमा गराएको हो । प्रभु इन्स्यारेन्समा गराएको बीमाबाट सेक्युरिटि सर्भिसमा कार्यरत कुनै पनि कर्मचारीको कोरोना भाइरस परीक्षण गर्दा पिसिआर टेस्ट पोजेटिभ पाइएमा बीमांक बराबरको रकम क्षतिपुर्ति प्रदान गरिनेछ ।